वैशाख ९, । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज
अधिकारी पदमुक्त हुनुभएको छ । गण्डकी प्रदेशसभामा ६० मत मध्य अधिकारीको पक्षमा २४
मत खसेको थियो । विश्वासको मत प्राप्त गर्न कम्तीमा ३१ सांसदको समर्थन आवश्यक
पर्दछ । अधिकारीको पक्षमा एमाले र राप्रपाका सांसदको २४ मत खसेको
थियो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका
सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बन्नुभएका अधिकारी करिब साढे ३ महिना पदमा रहनुभयो ।
मुख्यमन्त्री अधिकारीको विश्वासको मतको
विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङको
१ मत गरि जम्मा ३५ मत खसेको हो । सत्ता
साझेदार नेकपा माओवादी केन्द्रले चैतको १०
गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी
केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत
लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।