चैत ११ । ओखलढुंगा जिल्ला अदालतको नवनिर्मित
भवन उद्घाटन गरिएको छ । प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतले सोमबार एक औपचारिक
कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । ओखलढुंगा जिल्लामा जिल्ला अदालतको
सुविधासम्पन्न भवनको निर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको हो । केहि समय अगाडी
देखि नै सेवा वितरण गर्न सुरु गएिको भएपनि सोमबारबाट आधिकारीक उद्घाटन गरी सेवा
सुरु गरिएको जिल्ला अदालतका न्यायाधीस गिरिराज गौतमले जानकारी दिनुभयो ।
ओखलढुंगा जिल्ला
सदरमुकामस्थित सिद्धिचरण नगरपालिका–११ मा ६ रोपनीमा सुविधा सम्पन्न जिल्ला अदालतको भवन बनेको छ । अदालतको मूलभवन, न्यायाधीस आवास, कर्मचारी आवास, सुरक्षकर्मी आवास, चमेनागृह, सेवाग्राही
प्रतिक्षालय कक्ष, पम्प घर, ग्यारेज र सुरक्षापोष्ट रहेका छन् । २०७९ साल असार १९ गते सम्झौता भई तीस
महिना अर्थात २०८१ साल पुस १८ मा सम्पन्न हुनेगरी सम्झौता भएको थियो । १९ करोड ६४
लाख १८ हजार २ सय ३८ रुपैयाँ ४० पैसा भ्याट बाहेकको रकममा स्काई÷स्टेट÷चन्द्रज्योती जेभी
सँग भवन निर्माण सम्झौता भएको थियो । समय अगावै निर्माण सम्पन्न भएको निर्माण
कम्पनीले जानकारी दिएको छ ।
मूख्य भवनमा भूईतला
बाहेक चार तला रहेका छन् । दुइवटा नियमित ईजलास, एउटा बालईजलास, दुईवटा मुद्दाशाखा, दुईवटा भ¥याङ, एउटा आकस्मीक भ¥याङ, ८८४ केजी क्षमताको
एउटा लिफ्ट, ५० केभीए डिजेल जेनेरेटर, ५० केभीए विद्युत ट्रान्सफरमर, वाटर ट्रिटमेन्ट
प्लान्ट समेतको १ लाख ५ लिटर क्षमता भएको पानीट्यान्की, अग्नी प्रतिरोधी
प्रणाली,
इन्टरकम सिस्टम, सिसिटिभी, स्मोक डिटेक्टर
प्रणाली रहेको छ ।
मुलभवनमा, श्रेस्तेदार कक्ष, तहशिलदार कक्ष, अधिकृत कक्षहरु, लेखा शाखा, बैठक कक्ष, दायरी अभिलेख, सुचनचा प्रविधी कक्ष, थुनुवा कक्ष, तामेली कक्ष, मेलमिलाप कक्ष, समाजसेवी बाल
मनोचिकित्सक, स्तनपान कक्ष, पुस्तकालय, समेत गरी कुल ४९ वटा कोठाहरु रहेका छन् । सानो खेलकुद कोर्ट पनि रहेको छ ।
सेवाग्राही र कर्मचारीको छुट्टा छुट्टै पार्कीङस्थल रहेको छ । भवनको हरेक तलामा
सार्वजनिक शौचालय र अपांगता भएका ब्यक्तिहरुले समेत प्रयोग गर्न मिल्ने शौचालयहरु
रहेका छन् ।