एमाले परित्याग गरि दर्जन कार्यकर्ता कांग्रेस प्रबेश

ओखलढुंगा, कार्तिक १३ । संयुक्त गठबन्धनले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरिरहेको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि गाउँगाउँमा भेटघाट तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको हो । आज (२०७९।७।१३) गते आइतबार जिल्लाको प्रदेश (ख) अन्तर्गत सुनकोशी गाउँपालिका वडा नं. ७ मा गरिएको कार्यक्रममा एमाले पार्टी परित्याग गरि दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेस गरेको जनाएका छन् । हस्त बहादुर श्रेष्ठ, सर्मिला कटुवाल, यज्ञ बहादुर बस्नेत लगायत १३ जना प्रबेस गरेको हुकुम राईले जनकारी दिए । गठबन्धन तर्फ बाट  प्रतिनिधी सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा र प्रदेस सभा सदस्य, प्रदेश (ख) का उम्मेदवार नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य बाबुराम गौतमले नवप्रबेशीलाई  स्वागत गरेका थिए ।  प्रदेश (ख) मा गठबन्धनको तर्फबाट बाबुराम गौतम र नेकपा एमालेको तर्फबाट ज्ञान बहादुर खड्का (जीबी)  प्रतिस्पर्धामा रहेका छन् । 

प्रतिक्रिया