प्रचन्डलाई १० दलको बलियो समर्थन


पुस २६, काठमाण्डौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) १० दलको बलियो समर्थन सहित विश्वासको मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस र एकीकृत समाजबादीले पनि प्रचण्ड सरकारको समर्थन गरे सँगै १० दलको बलियो समर्थन पाएका हुन् । सबै भन्दा ठुलो दल नेपाली कांगे्रसले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने या बिपक्षमा मत दिने दोधारमा थियो । तर आज एकाएक सरकारलाई समर्थन गर्ने निर्णय गरेका थिए । दाहाललाई समर्थन गरेर प्रतिपक्षमै बस्ने निर्णय भएको नेपाली कांग्रेसेका एक नेताले जानकारी दिए । प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद सहभागी थिए। जसमध्य २६८ मत पक्षमा खसेको  थियो भने २ मत बिपक्षमा खसेको थियो । प्रतिनिधिसभाको अध्यक्षता गरिरहेका पशुपति शम्सेर जबराले प्रस्तावको पक्षमा २६८ र विपक्षमा २ मत खसेको सदनलाई जानकारी दिए। बिपक्षमा मत दिनेमा  नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद हुन ।  तल्लो सदनमा ती दलका एक, एक सांसद छन्।

प्रतिक्रिया