ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन

झगनखबर

जेठ ६। ओखलढुंगा जिल्ला सदरमुकाममा ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन गरिएको छ । सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनाल, प्रमुख जिल्लाअधिकारी डा.नाराण ढकालको उपस्थितिमा प्रभातफेरी सहित औपचारिक कार्यक्रम मार्फत उद्घाटन गरिएको हो । जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायब उपरिक्षक कृष्ण खड्काको अध्यक्षता तथा नगरप्रमुख तेजेन्द्र खानालको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारीको विशिष्ट आतिथ्य तथा तीन वटै सुरक्षा निकायका प्रमुखहरु, वडा नं ११ का वडाअध्यक्ष, बिनोद ताम्रकार, वडा नं १२ का वडाअध्यक्ष उमंग श्रेष्ठ, वडा नं ९ का वडाअध्यक्ष गुणराज खड्का लगायत  विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थितिमा  उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरी कार्यक्रम गर्दै बजार परिक्रमा पश्चात सिद्धिचरण नगरपालिकाका वडा नं ११ स्थित रमाईलो डाँडामा कार्यक्रम भएको थियो ।  प्रमुख अतिथी र विशिष्ट अतिथीले दुर्घटनामा कम क्षति हुने संकेत गर्दै सहभागी भएका दुई जना छात्र र छात्रालाई हेलमेट लगाई कार्यक्रमको उद्घाटन गरिएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीको सहकार्य तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा र जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । असार  ६ गतेबाट शुरु भएको कार्यक्रम,विविध कार्यक्रम गर्दै  असार १२ गते सम्म सन्चालन हुनेछ । औपचारिक कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी नायब निरिक्षक प्रविण कार्कीले उपस्थित अतिथीहरुलाई स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथी, विशिष्ट अतिथीहरुले मन्तब्य राख्नु भएको थियो ।

छात्र र छात्रालाई हेलमेट लगाइदिदै प्रमुख अतिथी नगरप्रमुख तेजेन्द्र खनाल र प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाल 


प्रतिक्रिया