ओखलढुंगा ७ फागुन । ओखलढुंगामा नेपाली काँग्रेसले ७३ औ प्रजातन्त्र दिवस एक कार्यक्रम गरि मनाएको छ । नेपाली कांग्रेस सिद्धिचरण नगरकार्यसमितिको आयोजनामा कार्यक्रम सम्पन्न गरेको हो । बिपी स्मृती भवन ओखलढुंगामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधी सभा सदस्य रामहरि खतिवडा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सभापति एवं सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल (तेजेन्द्र) को उपस्थितिमा सम्पन्न भएको थियो । नगरकार्यसमितिका सभापति प्रेमराज गुरुङको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाकार्यसमितिका पदाधिकारी र सदस्यहरु, निर्वाचित वडाअध्यक्षहरु, वडा सभापतिहरु लगायत अन्य भातृ तथा भगीनी संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको उलेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथी तेजेन्द्र खनालले ७ सालमा प्रजातन्त्र आएकै कारण नेपालमा थुप्रै राजनितिक दलहरु खोल्न संभव भएको बताउनुभयो । साथै उहाले भन्नुभयो; 'मलाई यो पार्टीको कार्यकर्ता हुन पाउँदा गौरव लागेको छ, जसले नेपालको हरेक राजनितिक परिवर्तनको नेतृत्व गरिरहेको छ ।' उहाँले फरक प्रसंगमा जनप्रतिनिधी र पार्टीका साथीहरुबिच समन्वय भएमात्र दिगोवकास गर्न सकिन्छ, त्यसका लागि जनप्रतिनिधी र पार्टीका साथीहरुको विचमा सकारात्मक समन्वय हुनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी रामहरि खतिवडाले कम्युनिष्टका कारण देशमा लोकतन्त्र खतरामा परेको बताउनु भयो । दुईतिहाँईको कम्युनिष्टको सरकारले देश र जनताको काम गर्नुको सट्टा ब्यक्तिगत बैमनस्यताका कारण दुइ दुइ पटक सम्म संसद विघटन गरेको प्रसंग कोट्याउदै कम्युनिष्ट सरकारबाट देशमा कुनै परिवर्तनको आश गर्न नसकिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै भातृ एवं भगीनी संस्थाका
प्रमुख एवं प्रतिनिधीले कांगे्रसलाई भोट दिएर सबै भन्दा ठुलो दल बनाएर पठाए पनि सरकार बाहिर बस्नु पर्ने कारणका
विषयमा प्रश्न गरेका थिए ।