अपांगता सहायक सामग्री घरघरमै पु¥याउदै नगरपालिका


राजकुमार कार्की

 साउन २९ । सिद्धिचरण नगरपालिकाले नगरक्षेत्रभित्रका अपांगता भएका नागरिकलाई सहायक सामग्रीहरु घरैमा पु¥याउन शुरु गरेको छ । अपांगता भएका कारण अशक्त नागरिकका घरघरमै पुगेर अपांगता सहायक सामग्री वितरण गर्न शुरु गरेको हो । नगरपालिकासम्म आएर सहायक सामग्री लैजान समस्या हुने र पैसा पनि खर्च हुने भएकाले घरैमा पुगेर वितरण गर्न शुरु गरिएको नगरप्रमुख तेजेन्द्र खनालले जानकारी दिनुभयो । सहायक सामग्रीहरु पहिचान गरी डाक्टरले सिफारिश गरेका सामग्रीहरु खरिद गरिसकिएकाले एकहप्ता भित्र उहाँहरुको घरमै पुगेर वितरण गरिसक्ने प्रमुख खनालले बताउनु भयो ।

नगरपालिकाले अघिल्लो आर्थीक वर्षमा बजेट ब्यवस्था गरी आवश्यक साग्रीहरु खरिद गरी वितरण गर्न शुरु गरेको छ । नगरपालिकाले आफ्ना  १२ वटै वडाका अपांगता भएका नागरिकलाई सहायक सामग्रीहरु टेन्डर मार्फत खरिद गरी वितरण शुरु गरेको छ । कार्यालय समय भन्दा बाहेक विहान बेलुकाको समयमा उनिहरुको घरमै पुगेर वितरण गरिरहेको जानकारी दिएका छन् ।

एल स्टिक १७ थान, ट्राइपोट ५ थान, एल्वो कर्चेज २ थान, ह्वीलचेयर १० थान, एर म्याट्रिक्स २ थान, श्रवणयन्त्र ६ थान, बैशाखी १ थान, एलबेल्ट २ थान, ट्वाईलेट चेयर १४ थान गरी जम्मा ५९ थान सहायक सामग्रीहरु वितरण गर्न शुरु गरिएको छ । नगर क्षेत्रभित्रका सबै वडाका आपांगता भएका नागरिकहरुलाई आवश्यक्ताका आधारमा खरिद गरिएको नगरपालिकास्तिथ महिला बालबालीका तथा समाज कल्याण उपाशाखाकी प्रमुख सरिता तामङले जानकारी दिनुभयो । आज सिद्धिचरण नगरपालिका११, स्थित गैरीगाउँका ८२ वर्षीय पहलमान भुजेललाई ह्वीलचेयर र मिलनचोकका निर्मल र निराज दाजुभाईलाई ट्वाईलेट चेयर बितरण गरिएको उपशाखा प्रमुख तामङले जानकारी दिनुभयो । बिक दाजुभाई जन्मदै हिड्न नसक्ने अवस्थामा  हुनुहुन्छ ।  आफ्नै घरमा आवश्य साहायक सामग्रीहरु पाएपछि अपांगता भएका नगारिक र उहाँहरुा आफन्तहरु खुशी भएका छन् ।

 

प्रतिक्रिया