झगनखबर
मंसिर ७ । राज्यब्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अग्निपीडितलाई नगद सहयोग गर्नुभएको छ । बरुणेश्वर रामपुरका दुइ घरपरिवार एक बहादुर सार्की र निम बहादुर सार्कीलाई नगद सहयोग गर्नुभएको हो । गत कार्तिक २७ गते घरमा आगलागी भई घर ध्वस्त भएको थियो । एउटै घर दाजुभाईले बाँडेर बस्दै आएको घरमा आगलागी भई जलेको थियो ।
घर जलेका पिडित
परिवारलाई घरमै भेटेर बिहिबार प्रत्येक परिवारलाई दश हजारका दरले नगद वितरण गर्नु
भएको हो । घर जलेर बेवारिसे भएका परिवारलाई ब्यवस्थापन गर्नका लागी नगद सहयोग
गरेको सभापति खतिवडाले बताउनु भयो । आगलागीबाट घरभित्र भएका लत्तकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा १६ लाख ५० हजार बराबरको क्षति भएको थियो
। मंसिर ७ गते विहानै घरमै गएर नगद सहयोग गरेको खतिवडाका स्वकीय सचिव हुकुम राईले
जानकारी दिनुभयो ।