श्रीचम्पादेवीको मन्दिरमा पहिरोले पहिलोपटक ठुलो क्षति


राजकुमार कार्की

साउन १७ । ओखलढुंगा जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थल श्रीचम्पादेवीको मन्दिरमा पहिरोका कारण ठुलो क्षति भएको छ । केहि दिन देखि भएको अविरल वर्षाका कारण देवीस्थानदेखि माथीबाट झरेको पहिरोले क्षति पु¥याएको हो ।

परापूर्वकाल देखि साक्षात देवीको रुपमा पूजार्चना गर्दै आएको उक्त मन्दिरमा पहिलोपटक पहिरोले क्षति पु¥याएको छ । मंगलबार राति भएको अविरल वर्षाका कारण माथीबाट पहिरो झरी मुख्य देविको मन्दिरमा क्षति पुगेको छ । माथीबाट झरेको ढुंगामाटो मन्दिरमा बजारीदा पिलर भाँचिएका कारण मन्दिर एकापटी कोल्टिएको छ । देविको शिलामा भने कुनै क्षति भएको छैन । दर्शनार्थी बस्ने ठाउमा लगाइएको वाल पनि भत्कीएर झरेको छ । दर्शनार्थी बस्नको लागि तलबाट वाल उठाई बनाईको छ । चम्पादेवी गाउँपालिकाले प्रत्येकवर्ष रकम छुट्याई मर्मत तथा संभार गर्दै आएको छ । उक्त बस्ने ठाउँमा गतवर्ष पनि पहिरो गएको थियो । देवीको मन्दिर नजिकै भक्तजनहरु बस्नको लागि अप्ठ्यारो ठाउँबाट वाल उठाई बनाइएको छ । गतवर्ष पनि भत्कीएपछि गाउँपालिकाले यो वर्ष मर्मत गरेको थियो ।

श्रीचम्पादेवीको मन्दिर वरिपरी पटक पटक क्षति हुनु र यो वर्ष देवीको मन्दिरमै क्षति पुग्ने गरी पहिरो खस्नुले देवी रिसाएको हुनसक्ने स्थानियबासीको भनाई छ ।  परापूर्वकाल देखि पुजार्चना, दर्शन  गर्दै आएका श्रीचम्पादेविको मन्दिरमा कुनै प्राकृतिक प्रकोपले क्षति पु¥याएको थिएन । देवीको शिलालाई ढाक्ने र छोपने गरी केहि वर्ष अगाडी मन्दिर बनाएपछि त्यहा मन्दिर आसपास केहि न केहि क्षति हुने गरेको स्थानियले बताएका छन् । खुल्ला रुपमा उतपन्न भएकी देवीलाइ छानो सहितको  मन्दिर बनाउन नहुने तर्क समेत गरेका छन् । पहिरोका कारण मन्दिरमा ठुलो क्षति भएकाले माटो ढुंगा पन्छाउने काम गरिसकिएको र  वर्षा सकिने बितिक्कै मर्मत संभार गरिने चम्पादेवी गाउँपालिकाका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष सुजन पौडेलले बताउनु भयो ।  नयाँ बनाइएको संरचनामा वर्षेनी क्षति भईरहेकाले यसपालि देवीस्थानमा क्षमापूजा समेत गरिने बताउनु भयो ।

 

प्रतिक्रिया