झगनखबर
फागुन २३ । जिल्लाको चिशंखुगढी
गाउँपालिकामा वनमा लागेको आगो अनियन्त्रीत भई व्यक्तिको घर जलेर नष्ट हुदा १० लाख
बराबरको क्षति भएको छ । चिशंखुगढी गाउँपालिका
वडा नं १ कुइभिरमा निजी वनमा लागेको आगो अनियन्त्रीत भई आश बहादुर राईको घर जलेर नष्ट भएको हो । बुधबार
दिउसो करिब ४ बजेको समयमा आगालागी भएको थियो । आगलागीबाट आश बहादुर राईको ढुङगा
माटोले बनेको फुसको छानो भएको तीन तले घर जलेर नष्ट भएको छ । आश बहादुरको घरमा याम
बहादुर राई बस्दै आउनु भएको थियो । घरभित्र भएका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद रु ७० हजार समेत जलेर
नष्ट भएको बताएका छन् । घरमा रहेका १० वटा कुखुरा जलेका छन् भने एउटा बंगुर जलेर
घाइते भएको छ । जंगलमा लागेको आगो नियन्त्रणमा आउन नसकेको र नियन्त्रणका लागि
स्थानियबासी र प्रहरीको टोलीबाट नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी
कार्यालय ओखलढुंगाले जानकरी दिएको छ । तत्काल गाउँवस्ती भेट्ने संभावना नरहेको
प्रहरीले जनाएको छ ।