बरुणेश्वरको थानीढुङ्गा सम्मको यात्रा, "थानी ढुङ्गाको कथा"


मंसिर २८, ओखलढुंगा । केहि दिन अगाडी पत्रकार रमेश गाउँले र नेपाली कांग्रेसका नेता बालकुष्ण दाहाल सँग  रामपुरमा भेट भयो ।  रमेश गाउँले मेरो पत्रकारीताको गुरु पनि हो । बालकृष्ण दाहाल इमान्दार राजनितिज्ञ हो । हामी तिनै जना एउटा चियापसलमा बसेर चिया पिउदै  समग्र पत्रकारीताको विषय र  देशको राजिनितिक अवस्था, राजनितिक  उत्तरचढाव, नेपालको राजनिति समाजसेवा नभई ब्यापार सँग तुलना गर्न सकिने अवस्थामा पुगेको लगायत आदि जस्ता विषयमा आआफ्ना धारणा सहित छलफल गर्‍यौ । यसै बिचमा रमेश गाउँले सरले, रामपुरको माथी जंगलमा एउटा धेरै ठुलो थानी ढुङ्गा छ, जुन प्रचारप्रसारको अभावले छायाँमा परेकाले हामी त्यसलाई कसरी प्रचार प्रसार गर्न सकिन्छ राजकुमार भन्नुभयो । मैले भने हामीले के गर्न सक्छौ ? गरौ न सर । अनि उहाँले तिमी अनि नवराज कार्की (नेपाल टेलीभिजको पत्रकार) एक दिन समय मिलाएर आओ सबै जना त्यहा गएर स्थलगत रिपोर्टिङ गरौ । त्यो दिन विहिबार थियो, शनिबारको दिन समय मिलाएर आउछौ नि: भनेर म बिदा भएँ अनि बेलुका नवराज जि सँग फोनमा कुरा भयो शनिबार जाने निधो गर्‍यौ । शुक्रबारको दिन रमेश सरले पनि नवराज जिलाई फोन गर्नु भएछ । शनिबार बिहानै चिया पिएर जाने सल्लाह अनुसार हामी बिहान लगभग ८ बजे ओखलढुंगा सदरमुकामबाट हिड्यौ । नवराज र उहाँको म्याडम शुभकला राई इमेज टेलिभिजनकी पत्रकार उहाँहरु दुइ जना र म आआफ्नो बाईक लिएर रामपुर हानियौ । उहाँहरु भन्दा केहि ढिला गरि म पुगे । त्यहा पत्रकार समेश गाउँले, वडाअध्यक्ष टंक बहादुर कार्की लगायत अन्य ब्यक्तित्वहरु सँग भेट भयो । सँगै चिया पियौखाना खाएर  गुरुपार्कमा सबै जना भेट भएर फोटो लिदै उकालो चढ्ने सल्ला भयो । सोहि अनुसार रमेश सर,, नवराज र शुभकला म्याडम नारायण श्रेष्ठको घरमा खाना खान लाग्यौँ । उहाँहरु पनि आआफ्नो तिर खाना खान लाग्नुभयो, हामी ४ जना त्यहा गएर खाना खायौँ । खाना खाएपछि घाममा केहि क्षण थकाई मारेर गाउँले निवास, (रमेश सरको घरमा) गयौँ । त्यहाँ सुन्तला खायौ । सबै जना घरअगाडी फोटो खिच्यौ र उकालो लाग्यौँ । गाउँले सरले झोलामा केहि खानेकुरा बोक्नुभयो, रामपुरबासीको जीवनस्तर, ४६ सालपछि भएको राजनितिक परिवर्तन पछिको बिकासक्रम लगायतका कुरा गर्दै निर्मानाधिन गुरुपार्कमा पुग्यौ । पार्कमा म (राजकुमार कार्की) रमेश गाउले, नबराज कार्की, शुभकला राई, दिनेश काफ्ले, वडाअध्यक्ष टंक बहादुर कार्की, प्राविधिक इसुराज दाहाल, गोपाल नेपाल, चक्र बहादुर भुजेल, नाराण श्रेष्ठ र जीवन मगर गरि ११ जना जम्मा भयौँ ।  त्यहाँ साच्चै गजबको काम शुरु गरिएको रहेछ । बरुणेश्वर माविमा अध्यापन गराएका दिबंगत गुरुहरुको संझनामा गुरुपार्क निर्माण शुरु भएको रहेछ । पार्क बनाउन लागीपरिरहेका स्थानिय युवा इसुराज दाहाल सँग कुरानकानी गरेँ । उहाँका अनुसार, गुरुले हामीलाई धेरै कुरा दिए तर गुरुलाई हामीले केहि दिन सकेनौ त्यसैले उहाँहरुको सधै सम्झना रहिरहोस भन्ने खातिर यो गुरुपार्कको अवधारण आएको हो । वालमा प्लाष्टर गरेर फोटोफ्रेम बनाएको रहेछ । बजेटको अभावले काम सम्पन्न हुन भने सकेको रहेनछ । यो वर्ष वडाकार्यालयले १ बजेट बिनियोजन गरेको, थप सहयोग गर्ने अध्यक्ष टंक कार्कीले बताउनु भयो ।https://www.jhagankhabar.com/news/0uPgds-2022-12-11-090632


 यसको उत्तरपटि, पश्चिम फर्केको पहाडमा ठुलोढुंङ्गा अढेस लागेर बसेको रहेछ । जुन ढुङगालाई बोलढुङगा भनिदोरहेछ । वारीपट्टि बाट मान्छे बोल्दा, मान्छेको आवाज जस्ताको त्यस्तै फर्केर आउने भएकाले यसलाई बोलढुङ्गा भनिएको रहेछ । त्यस ढुङ्गामाथी बसेर केहि स्न्याप फोटो लिए पछि फेरी हाम्रो यात्रा उकालो लाग्यो ।

बोलढुंगा


करिब १ बज्न लागेको हुदो हो, हामी भुमेथान (राईहरुको पुजा गर्ने ठाउँ) पुगेउँ त्यहाँ एकछिन आराम गर्दै, भुमेथानको बारेमा जानकारी लियौँ । किँरात राज्यको समयमा रामपुरमा पनि किराँतहरुकै बसोबास रहेछ, अहिले त्यहा किराँतीहरुको बसोबास नभए पनि पुर्खाहरुको संझनामा पुजा गर्ने गरेका रहेछन् । भुमेथानको विकास प्रबद्र्धन गर्ने एक योजनाको अवधारणा रहेछ । रमेश गाउँलेका अनुसार, त्यहाँ किराँती राजा यलम्बरको घोडा चढेर तिर हानीरहेको सालिक निर्माण गर्ने, किरातेश्वर माहादेवको मन्दिर बनाउने, तर बजेटको अभावमा काम शुरु भने गरेको रहेनछ ।  हामी फेरी उकालो तर्फै लम्कियौँ, चिसो मौसम भए पनि उकालोबाटो हिड्दा खेरी सबैले ज्याकेट हातमा बोकेका थिए । अनुहारमा चिटचिट पसिना आएका थिए । सबैजनाको बिचतिर हिडिरहेको म,अगाडीपछाडी यसो नियाले कसैलाई पनि थकान महशुुस थिएन । वारिपारिका मनोरम दृश्य जसले सबैजनाको थकानलाई मेटाईरहेको थियो । विभिन्न खालका गफ हाहा, होहो गर्दै उकालो लागिरह्यौँ । त्यहाँबाट हेर्दा रामपुर बजार यस्तो देखियो

 रामपुर बजार


 निकै माथी पुगेपछि रमिते ढुङगामा पुगेऊँ त्यहाँबाट पश्चिम तर्फ हेर्दा प्राप्चा, हर्कपुर तिनतले वन लगायत र उत्तरपश्चिम पट्टि राँगादिप बासीका घरहरु पश्चिम तर्फकै मुनी हेर्दा  पोक्तिङ खोला, सिधै मुनी भएकाले ढुङगाबाट सिधा हेर्दा रिङ्गटा लाग्ने, माथील्लो पटि नै फर्केर बसेँ, त्यहाँ बाट नवराज कार्कीले ड्रोन उडाउनु भयो । समग्र रामपुर बजार लगायत वरिपरीको दृश्य कैद गर्न लाग्नुभयो । हाम्रो टोलीमै भएका केहि साथीहरु उडिरहेको ड्रोनको भिडियो खिच्न लाग्नु भयो । मैले भने पारीपट्टी देखिएको राँगादिप र प्राप्चाको फोटो खिच्न भ्याँए । 


 सबैलाई तिर्खा लागेकाले त्यहाँ एक जम्बो पानी चिरिप्प बनायौँ । यतिकैमा रमेश सरले आफ्नो झोलाबाट सुन्तला झिकेर दिनुभयो सबै जनालाई एक एक वटा पुग्यो । हामी त्यहाँ बाट पनि उकालो लाग्यौ, हाम्रो गन्तब्य उकालो नै थियो । बाटो सजिलो थिएन, केहि मानिसहरु घाँस दाउराको लागि गएपनि सधै जसो भने कोहि मान्छे पनि हिडेको पाइएन । कहिँ ढुङ्गाको च्यापबाट छिर्नुपर्ने, कहि ढुङ्गामाथी नै चढ्नुपर्ने, जे भएपनि थानी ढुङ्गाले हाम्रो मन, थकान, लाई तानिरहेको थियो । अप्ठ्यारो र दुखलाई पनि बिर्साइरहेको थियो । वरिपरीको दृश्य, आहा ! बिच बाटोमा यसरी मिलेर रहेको ढुंगाको जोडी पनि भेटियो

 

यहाँ बाट केहि अगाडी उकालो बढेपछि दुइ अग्ला अग्ला ढुंगाको बिचमा बाटो रहेछ । जसलाई दैले ढुङ्गा भनिदोरहेछ । यसलाई पनि मोबाइलको क्यामेरामा कैद नगरि मनै मानेन ।


केहि अगाडी गएपछि ठुलीचौर पुग्यौ, ठुलीचौरमा रुखहरु, झाडी बुटा आदि थिए । रुख बिरुवाहरु केहि नभएको ठाउ मात्र चौर हुन्छ भन्ने मेरो बुझाई थियो । टाक्राक टुक्रुक त्यही बाटोमै केहि समय बस्यौ । अब यहाँबाट चाहि उकालो छैन, एक्कासी वडाअध्यक्ष टंक कार्कीको आवाज सुन्दा मन फुरुङग भयो । फेरी हामी अगाडी बढ्यौ, बाटो थिएन तर पुग्नै पथ्र्याे किनकी हाम्रो गन्तब्य नै थानी ढुङ्गा थियो । अगाडी बढ्यौ, अलि छिटो हिडिएछ क्यारे टंक दाई, , दिनेश काफ्ले, गोपाल नेपाल र इसुराज दाहाल हामी सँगै रहेछौ बाँकी साथीहरु पछाडी नै परेछन् । हामी बाटोकै खोजीमा थियौ । अध्यक्ष (टंक) दाई र म उकालो नै लागेऊँ, तिन जना साथीहरु तल्तिर बाट तेर्साे लाग्नुभयो । यसरी बाटो खोज्नेक्रममै टंक दाई अघि अघि म पछि पछि थियाँै । झाडी छिर्नेक्रममा यसो निहुरिएको मात्रै थिएँ, मेरो हातमा भएको ज्याकेट फुत्तै तानेर लग्यो, मेरो होस उड्यो, म बक्क भएँ मेरो मनले केहि सोच्नै सकेन, यसो हेरेँ टंक दाई निकै परै पुगीसक्नु भएको रहेछ । मेरो मन झनै आँतियो बालाउन खोजेँ आवज आएन । अब के गर्ने ? कुनै डिसिजन गर्न सकिन, डराई डराई पछाडी हेर्ने आँट गरँे ज्याकेट लहरा जस्तो काँडामा झुन्डिीरहेको रहेछ । म निन्द्राबाट बिउझे झै भएँ अनि हत न पत्त ज्याकेट काँडाबाट छुटाएर बोके र छिटो छिटो अगाडी बढेर टंकदाईको छेउमा पुगेँ । तर मैले घट्नाको बारेमा कसैलाई भनिँन । हामी थानी ढुङ्गा पुग्यौ निकै ठुलो थियोमोबाइलको क्यामेराले कैद गर्न खोजे तर क्यामेराको लेन्सले भ्याउने चान्स नै थिएन । नवराजको ड्रोनको पखाईमा उत्तरपुर्व पट्टिको भाग बाट चड्न मिल्ने खोपिल्टा र चुच्चा चुच्चा भएको ठाउ रहेछ । तिनै चुच्चा भागमा समाउदै टेक्दै त्यहा चढ्यौ । टुप्पोमा पुगेपछि ढुङ्गाको दक्षिण पश्चिम तर्फ हेलीकप्टर ल्याण्ड गर्न सकिने ठाउ रहेछ । हामी चुचुरोमै बस्यौ । त्यहाँ चन्द्र सुर्य अंकित नेपालको झण्डा राखिएको रहेछ । उच्च ठाउ सिरसिर हावा लाग्दा फहराईरहेको राष्ट्रिय झण्डा वास्तवमै मनमोहक थियो । तल्लो पट्टि भागमा भएका रुखका टुप्पा धेरै तल देखिन्थे । यत्तिकैमा सबैजना भेलाभयौ । सबैले आआफ्नै तरिकाले फोटाहरु खिच्यौँ । साथीहरुले झोलामा चाउचाउ, बिकुट, डिऊ, कोक, लिचिजुस बोक्नुभएको रहेछ सबै जना मिलेर खायौ, पिकनिक जस्तो रमाईलो भयो । रमेश गाउँलेले कबिता वाचन गर्नुभयो । कविता वाचनको नवराज जिले भिडियो खिच्नुभयो । उहाँको कविताको केहि अंश :

ढुङ्गा मान्छे नभएकोमा गर्व गर्छ ।

ऊ मान्छे हुनुको पीडाँबाट कमसेकम अलग्गिएको त छ ।

रुनु परेको  छैन,

अनाहक पीडाँको आहालमा चुर्लुम्म डुब्नु परेको छैन ।

किशोरीको जवानीमा तृष्णा मेटेर

दुर्नाम कमानु त परेको छैन ।

तर म उसको आङमा परेड खेल्दै सोच्छु ।

आखिर म त्यस्तै भईदिएको भए ?

यो कविता वाचन सम्पन्न भएपछि  थानी ढुङ्गाको बारेमा रिपोर्टिङ गर्न थाल्यौ ।

थानीढुङ्गा :


परापुर्वकालमा झाक्री झाक्रीनीको बसोबास रहेको भन्ने किंबदन्ती रहेको यो ढुंगा झाँक्री ढुंगा र थानी ढुंगाको नामले चिनिन्छ । पहिला पहिला औसी पुर्णिमाको समयमा ढ्याङ्ग्रो बजाएको आवज प्रष्ट सुन्न सकिने गरेको बुढापाकाहरु बताउछन् । पहिला पहिला स्थानियबासीले गाईबाख्रा जंगलमै छोड्ने चलन थियो । कुनै सयमा गाईवस्तु जंगलमै हराउने र कति खोज्दा पनि नभेटिए पछि उक्त ढुंगामा गएर धुपा सल्काई पूजा गर्दा गाईबस्तु सकुशल भेटिने गरेको स्थानियको भनाई छ । ढुंगामा झाक्रीले बजाउने  ढ्याङ्ग्रो र गजोको स्वरुप देखिन्छ भन्ने थियो । हामीले नियाल्यौ तर ठम्याउन सकेनौ ।

 पहाडको थुम्कीमा अवस्थित अजंगको ढुंगा दक्षिण पटि तल्लोभागमा ठुलो ओडार रहेको छ । ओडारमा भएको गुफा बाट छिरेर पोक्तिङ खोला नजिकैको ओडारे पहाडमा निस्किन सकिने गुफा भएको भनाई रहेछ । ओडारको माथील्लो छत पट्टि थुप्रै कलचुडाले बनाएका गुँडहरु देख्न सकिन्थ्यो । अनि त्यहा गएका मान्छेहरुले त्यो ढुंगामा आफ्नो नाम लेख्ने चलन पनि रहेछ । ढुंगै भरि पुग्न सकिने ठाउमा नामहरु कोरेको पाइयो । वरिपरी रुख र झाडी भएपनि ओडार मुनीभने चिल्ला ढुंगा र धुलैधुलो थियो । सायद यहा जंगली जनावरको बसोबास गर्ने ठाउ भएकाले होला ।

जम्मुको रुख :

थानी ढुंगाको दक्षिण भागमा रहेको जम्मुको रुखको कथा : अर्काे एउटा इतिहाँस बोकेको रुख हो, जम्मुको रुख, जसको कथा  स्थानिय चक्र बहादुर भुजेलको शब्दमा

आज भन्दा १० वर्ष अगाडी हामी, गण बहादुर सार्की र म दाउरा र केहि काठ खोज्नको लागि यहाँ आईपुगेका थियौ । दाउरा काट्ने क्रममा गण बहादुरले यो जम्मुको रुख ढाल्नलाई काट्न शुरु गरे, जब उनले बन्चरो प्रहार गरे बन्चरो दोब्रियो र आफै पटि फर्कियो । जति काट्न प्रयास गर्दा पनि बन्चरो उफ्रियो मात्रै, शुरुमा एक दुई बन्चरोको चोट लागेको थियो पछि चोट पनि लागेन बन्चरो उफ्रिई मात्र रह्यो । अनि बिड पनि भाँचियो । हैट ! यसमा देवता पो छन् कि क्या हो भनेर गण बहादुर पछि फर्किए । अनि हामीले अन्तै दाउरा खोजेर लिएर गयौँ । त्यसको लगभग ३/४ महिना पछि उसको जेठो छोरा १५/१६ वर्षको कक्षा ७ पढ्ने बहादुरे सार्कीको एक्कासी मृत्यु भयो । हुर्किएको घरको जेठो सन्तानको मृत्युले त्यो परिवार पुरै शोकमा रह्यो । केहि समय पछाडी उसले मलाई भन्यो; त्यो रुख काट्न खोजे पछि मलाई दशैदशा लाग्यो, मैले जानीन काट्न खोजीहाले अहिले छोरा पनि मर्‍यो, अरु पनि घरमा केहि काम बन्दैन, कस्तो दशा लाग्यो भन्यो । मैले उसलाई शान्त्वना त दिएँ तर मेरो मनमा पनि कता कता चिसो भईराख्यो ।  २/३ वर्ष अगाडी गण बहादुर पनि बित्नु भयो, अहिले बुढी आमा र कान्छो छोरा हुनुहुन्छ। चक्र बहादुर भुजेलले यसरी बताउनु भयो । त्यो जम्बुको रुख अहिले पनि ढुंगा नजिकै देख्न सकिन्छ ।

 बेलुकाको लगभग ५ बज्न लागेको थियो, पश्चिम दिशातर्फ घाम डुब्नै लागेका थिए । अघि आको बाटो नगई अर्कै अलि छोटो बाटो जाने सल्लाह भयो । हामी त्यहाँबाट हिड्यौँ । सबैको हातमा लट्ठी थियो तर म सँग थिएन । ओरालो झर्दा लट्ठीको सहायताले सजिलो हुने भएकाले मैले पनि एउटा लट्ठी काटीदिन अनुरोध गरेँ । मेरो नजिकै दिनेश काफ्ले सर हुनुहुन्थ्यो उहाले आफ्नो लट्ठी मलाई दिनुभयो । लौरो टेक्दै ओरालो बाटो झरेऊँ । रामपुर बजार आइपुग्दा साँझ परेको थियो । सबैजनाको जुत्ताभरी र घुँडाभन्दा मुनी पाइन्टमा कुरो र अर्थुङ्गे छ्याप्पै  बिजेको रहेछ, आआफ्नो टिपेर फाल्न एक छिन सबैजना ब्यस्त भयौँ, मेरो चाहि सकिएन । सरोज भुजेल दाई पनि बजारमा भेटिनुभयो ।  रमेश सरले बस्न आग्रह गर्नुभयो तर हामी मानेनौ । त्यसो भए चिया पिऔ र छुटौ भन्नु भयो । हामी भवनाथ दाहालको होटलमा कालो चिया पियौँ, रमेश सरले डिउ पिउनुभयो, हामीले चिया, अनि सबैजना आआफ्नो घरतर्फ  फर्कियौ

प्रतिक्रिया