चैत ९ । वर्तमान समयमा
अपराधको कुनै भौगोलिक सीमा नहुने कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन
अधिकारीले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालयहरुको अनुगमन तथा निरिक्षण गर्न
शनिबार ओखलढुंगा आईपुग्नु भएका महानिरीक्षक अधिकारीले यस्तो बताउनु भएको हो ।
वर्तमान अवस्थामा प्रहरीले आफुलाई समयसापेक्ष र अनुकुलन गर्न जरुरी रहेको बताउनु
भयो । कार्यक्रममा बोल्दै महानिरीक्षक अधिकारीले निष्पक्ष, प्रमाणमुखी र वस्तुनिष्ठ भएर अनुसन्धान
गर्न प्रहरीहरुलाई निर्देशन दिनुभयो । जसरी मुटु विना मानव शरिर चल्न सक्दैन त्यसै
गरी प्रहरी विना समाज पनि चल्न नसक्ने बताउदै, प्रहरीले
समाजमा मुटुले झैँ चौबिसै घण्टा बिना विश्राम कार्य गर्नुपर्ने जिम्मेवारी रहेको
बताउनु भयो ।
उहाँले जिल्ला प्रहरी कार्यालय
ओखलढुङ्गा अन्तर्गतका विभिन्न शाखाहरूको भ्रमण गर्दै सम्पूर्ण उपस्थित प्रहरी
कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो।
कोशी प्रदेशका १४ वटा जिल्ला प्रहरी
कार्यालयहरुमध्येमा ओखलढुंगा उत्कृष्ट भएकोमा धन्यवाद व्यक्त समेत गर्नुभयो। सीमित
स्रोत साधनका बावजुद पनि प्रहरी खट्दै आएको र यसरी नै ऊर्जावान र कर्तव्यनिष्ठ भई
राष्ट्रसेवामा उच्च मनोबलका साथ लाग्न आग्रह गर्नुभयो ।
उहाँले जिल्ला प्रहरी कार्यालय
ओखलढुङ्गा प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्कासहित चारजना प्रहरी
कर्मचारीहरूलाई पुरस्कृत समेत गर्नुभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ
।