आफ्नै दिदीको हत्या आरोपमा एक युवक पक्राउ


बैशाख २३ । आफ्नै दिदी हत्या आरोपमा प्रहरीले दोलखामा  एक युवकलाई पक्राउ गरेको छ । मेलुङ गाउँपालिका १ पोवटीका २३ वर्षका रामभरत भुजेललाई आफ्नै दिदी कल्पनाको हत्या गरेको  आरोपमा पक्राउ गरेको हो ।

३२ वर्षिय कल्पना भुजेल श्रेष्ठ एक वर्षदेखि माइती घरमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार भाइ रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा कल्पनाको मृत्यु भएको हो ।

शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ ।

प्रतिक्रिया