बैशाख १९ । शुक्रबार
दिउँसो पानी सँगै परेको चट्याङ लागेर एउटा लैनो भैँसीको घट्नास्थलमै मृत्यु भएको छ, एकजना मानिस घाईते
भएका छन् । जिल्लाको लिखु गाउँपालिका वडा नं ५, काफ्ले टोल बस्ने काजीमान बस्नेतको
भैँसीगोठमा चट्याङ पर्दा भैँसीको मृत्यु
भएको हो । दिउँसो करिब २ः३० बजेको समयमा परेको चट्याङले अन्दाजी मुल्य रु १ लाख
बराबरको भैँसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सोइ चट्याङको
झिल्कोले वडा नं ५ कै डाँडाटोल बस्ने अन्दाजी २० वर्षीय नाराण श्रेष्ठको बाँया
हातमा झट्का लागेको छ । झट्का लागेपछि हात निदाउने, झमझमाउने समस्या
आएपछि प्राथमिक स्वास्थ्यचौकी बाङगेपिपलमा उपचार भएको जानकारी दिएका छन् । अवस्था
सामान्य भएको प्रहरीले जानकारी दिएका छन् ।
१९ बैशाख २०८२, शुक्रबार ०७:२४ मा प्रकाशित
193