जेठ १७ गतेदेखि २३ गते सम्मको साप्ताहिक राशिफल


मेषः चु चे चो ला लि लु ले लो अ

साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सहयोग लिनुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साताको मध्यमा धार्मिक कार्यमा धन खर्चका योग छन्। साताको अन्तिममा गुमाएको स्थान फेरि प्राप्त हुनाले आफ्नो पद स्थापित गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ।सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग रातो र हरियो हो भने शुभ अंक २ र ५ रहेको छ।

वृषः इ उ ए ओ वा वि वु वे वो

साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ। जनताको मध्य राम्रो छवि निर्माण हुनेछ। साताको मध्यमा मित्रले गर्दा रोकिएको कार्य सम्पादन हुनेछ। मान्यजनहरूको सहयोग प्राप्त हुनेछ। साताको अन्तिममा पराक्रमले नसोचेको कार्य हात पार्न सकिनेछ। व्यापार व्यवसायमा भाईबहिनीको सहयोग मिल्नेछ। सदैव दुर्गाजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नाले सोचेको काम बन्नेछ। यो साताको शुभ रंग गुलाबी र सेतो हो भने शुभ अंक २ र ७ रहेको छ।

मिथुनः का कि कु के को हा

साताको प्रारम्भमा आयस्रोत सबल रहनेछ। साथीभाईहरूसँगको साथले मन प्रफुल्लित रहनेछ। साझेदारी व्यापारमा सम्झौता गर्नुपर्ने हुन्छ। नयाँ काम थाल्नुभन्दा अघि जाँच गर्नुहोस्। साताको अन्तिममा साहित्य र कलाको क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। गणेशजीलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक २ र ३ रहेको छ।

कर्कटः हि हु हे हो डा डि डु डे डो

साताको प्रारम्भमा आफन्तको सहयोगले रोकिएका कार्य सम्पादन हुनेछन्। बेरोजगारहरुका लागि नोकरीमा सफलता मिल्नेछ। साताको मध्यमा आर्थिक धनहानिका योग भएका कारण सजग रहनुहोला आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ। साताको मध्यमा विद्यार्थीहरूले अनुपेक्षित रूपले परीक्षामा सफलता प्राप्त हुनाले मन प्रसन्न रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सदैव भगवान शंकरजीलाई जल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग निलो र रातो हो भने शुभ अंक ७ र ९ रहेको छ।

सिँहः मा मि मु मे मो टा टि टु

साताको प्रारम्भमा आफन्तसँग मनमुटाव सुल्झिनेछ। घैर्यताको कमीले कार्यक्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्न सक्छ। जग्गा जमिनबाट लाभ हुनेछ। साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोला। गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ। साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग रातो र निलो हो भने शुभ अंक ५ र ९ रहेको छ।

कन्याः टो पा पि पु ष ण ठ पे पो

साताको प्रारम्भमा कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। साताको मध्यमा स्वास्थ्य सम्बन्धी समस्या आउनसक्छ। कानुन विपरीत कार्य नगर्नुहोला। साताको अन्तिममा आयआर्जनका नयाँ स्रोतहरू बढ्नुको साथै सम्मानमा वृद्धि हुनेछ। सामाजिक कार्य गरेको ले छरछिमेकीबाट प्रशंसा पाइनेछ। सो साताको शुभ रंग हरियो र सुन्तला हो भने शुभ अंक ७ र ८ रहेको छ।

तुलाः रा रि रु रे रो ता ति तु ते

साताको प्रारम्भमा आकस्मिक धनलाभका योग रहेकाछन्। सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ। कानुनी मामिलामा सफलता मिल्नेछ। शत्रुहरूले हार खानेछन्। साताको मध्यमा कार्यक्षेत्रमा लगनशीलताको उचित परिणाम मिल्नेछ। आफन्तहरूबाट सहयोग नमिल्न सक्छ। साताको अन्तिममा सानोतिनो कुरालाई वेवास्था गरेर अगाडि बढ्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीको साथ र सहयोग मिल्नेछ। कार्य समयमा समापन नहुनाले अज्ञात भय रहनेछ। यो साताको शुभ रंग सेतो र हल्का निलो रहेको छ भने शुभ अंक ५ र ७ रहेको छ।

वृश्चिकः तो ना नि नु ने नो या यि यु

साताको प्रारम्भमा समाजसेवामा जोडिएका व्यक्तिहरूलाई मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्नाले सफलता पाइनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ। धार्मिक मठ मन्दिरको यात्रा र दर्शनका योग छन्। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग केशरी र बैजनि हो भने शुभ अंक ३ र ६ रहेको छ।

 धनुः ये यो भा भि भु धा फा ढा भे

साताको प्रारम्भ निकै लाभदायी रहनेछ। नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस् सफलता मिल्नेछ। व्यापारमा साझेदारसंग मनमुटाव सुल्झिनेछ साथै आर्थिक लाभ रहनेछ। साताको मध्यमा हतारमा कुनै निर्णय नलिनुहोला। आफ्नो निर्णयमा परिवारलाई पनि सहभागी गर्नुहोस्। स्वास्थ्यमा चिकित्सकको सल्लाह लिनुहोस्। साताको अन्तिममा धर्म कर्मप्रति रुचि बढ्नेछ। आध्यात्मतर्फ मन जानेछ। यात्रा सुखदायी रहनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग पहेलो र खैरो हो भने शुभ अंक ३ र ७ रहेको छ।

मकरः भो जा जि जु जे जो ख खि खु खे खो गा गि

साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्ने प्रयास गर्नुहोला सफलता मिल्नेछ। कार्यक्षेत्र वा पारिवारिक मामिलाहरूमा पनि अतिरिक्त जिम्मेवारी मिल्नेछ। साताको मध्यमा धार्मिक यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा सीनियर वा जुनियर दुबैबाट सहयोग मिल्नेछ। साताको अन्तिममा घरपरिवारसंग रमाइलो समय बित्नेछ। अविवाहितहरूको लागि मनचाहा जीवन साथीको खोज पूरा हुनेछ। यो साताको शुभ रंग सुन्तला र निलो हो भने शुभ अंक २ र ३ रहेको छ।

 

कुम्भः गु गे गो सा सि सु से सो दा

साताको प्रारम्भमा कारोबारमा थप लगानी लगाउने राम्रो समय रहेको छ। कार्यक्षेत्रमा धनलाभको योग रहेको छ। साताको मध्यमा शेयर बजारबाट मनग्य फाइदा हुनेछ। व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। वैदेशिक रोजगारमा बाधा आउनेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्। सदैव भैरवको आराधना गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग कालो र नीलो हो भने शुभ अंक १ र ६ रहेको छ।

मीनः दि दु थ ‌झ ञ दे दो चा चि

साताको प्रारम्भ राम्रो रहेको छ। आत्मविश्वासमा वृद्धि हुनुका साथै नयाँ कार्य प्रारम्भ गर्ने योजनाको रूपरेखा बन्नेछ। साताको मध्यमा वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। खानपानमा पौष्टिक आहारको सेवन गर्नुहोस्। यो साताको अन्तिममा उत्साह र पराक्रम वृद्धि हुनुका साथै मानसम्मान बढ्नेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग खैरो र सिन्दुरी हो भने शुभ अंक १ र ६ रहेको छ।

प्रतिक्रिया