ओखलढुंगा ६, चैत । नेपाली
कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले स्वर्गिय नेता हेम प्रसाद दाहाल दम्पतिको
संझनामा शोक सभाको अयोजना गरेको छ । नेपाली कांग्रेस ओखढुंगाका पुराना नेता एवं
पुर्व उपसभापति दाहाल दम्पतिको संझनामा सोमबार शोक सभाको आयोजना गरेको हो । नेपाली
कांग्रेसका सभापति तेजेन्द्र खनालको सभापतित्व र नेपाली कांग्रेस केन्द्रिय सदस्यत
एवं कोशी प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा शोकसभाको
आयोजन गरिएको थियो । बिपीस्मृती भवन ओखलढुंगामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण दाहाल, जिल्ला कोषाध्यक्ष बिनोद ताम्रकार, नगरसभापति प्रेम गुरुङ, महिला नेतृ तारा कार्की लगायत जिल्लास्थित नेता
तथा कार्यकर्ताको उलेख्य उपस्थिति रहको थियो । कार्यक्रममा बोल्दै नेताहरुले
स्वर्गिय हेम प्रसाद दाहालले पार्टी संगठन प्रति पुर्याएको अतुलनिय योगदानको
बारेमा चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी प्रदिप कुमार सुनुवारले, समाज सेवामा लाग्नु
नै मृत्युपर्यन्त अमर रहने भएकाले स्वर्गिय दाहालको भैतिक शरिर नरहे पनि उहाँको
नाम चिरकाल सम्म अमर रहिरहने बताउनु भयो । त्यसै गरि पार्टी सभापति तेजेन्द्र
खनालले,
एक निष्ठावान, त्यागी र विचारमा अडिग ब्यक्ति गुमाउदा पार्टीले
ठुलो क्षति बेहोर्नु परेको बताउनु भयो । साथै उहाँले स्वर्गिय दाहालको जस्तो
राजनितिक ब्यवहार, राजनितिक जीवनको सबै नेताहरुले
अनुसरण गर्नु अनिवार्य भएको बताउनु भयो ।
दाहाल दम्पतिलाई
फागुन २२ गते विहान पासो लगाई झन्डिएको अवस्थामा भेटिनु भएको थियो । दाहाल आफ्नो
घर देखि करिब २०० मिटर पुर्व फडिन्द्र बहादुर सार्कीको खरबारीमा खनिउँको रुखमा
रातो कपडाले बनेको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिनु भएको र उहाँकी
धर्मपत्नी बेदुका दाहाल घर देखि ४० मिटर पुर्व फडिन्द्र बहादुर सार्कीकै बारीको
डिलमा भएको सिरिस जातको रुखमा नाईलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा
भेटिएको प्रहरीले जनाएको थियो ।
स्वर्गिय दाहाल
नेपाली कांग्रेस ओखलढुंगाका एक पुराना निष्ठावान त्यागी र मिलनसार नेताको रुपमा
परिचित हुनुहुन्थ्यो ।