असार ३१ ।
ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ११ ले बृद्ध–बृद्धालाइ सम्मान
गरेको छ । वडाभरिका ७५ वर्ष भन्दा माथीका बृद्ध–बृद्धालाइ खादा ओढाई
फाईबर सिरक र छाता वितरण गर्दै सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी
नगरप्रमुख तेजेन्द्र खनालले खादा ओढाई सिरक र छाता वितरण गरेर सम्मान गर्नुभएको छ
। वडा भरी रहेका ७५ वर्ष भन्दा माथीका ५० जना बृद्ध–बृद्धालाइ एक–एक थान फाइबर सिरक र
एक–एक थान छाता वितरणका
साथै स्वास्थ्य परिक्षण समेत गरिएको वडा अध्यक्ष विनोद कुमार ताम्रकारले जानकारी
दिनुभयो ।
वडा कार्यालयमा
सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा सिरक र छाता वितरण गरिएको छ ।
सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन खनाल (तेजेन्द्र) को प्रमुख आतिथ्यतामा
कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख खनालले यस्ता खालका
सम्मान कार्यक्रमले बृद्ध बा–आमाहरुमा हौसला प्राप्त हुने बताउनु भयो । सबै
मानिसहरु बच्चा, युवा हुँदै बृद्धा हुन्छन्, बृद्ध भएपछि शरिर कमजोर हुने, रोगले च्याप्न सक्ने
भएकाले सोचेअनुसारको समाजमा काम गर्न सक्ने अवस्था रहदैन । त्यसैले उहाँहरुको
मनोवल उच्च बनाउन पनि सम्मान तथा भेटघाट कार्यक्रमको आयोजना गरिनु सह्रानिय काम
भएको बताउनु भयो ।
यो आर्थीक वर्षमा वडा
कार्यालयबाट रकम बिनियोजन गरी १ लाख ४० हजार बराबरको सिरक र छाता वितरण गर्दै बृद्ध–बृद्धालाई सम्मान कार्यक्रमको आयोजना गरिएको
वडासचिव चुडा दाहालले बताउनु भयो । वर्षाको समय छ, पानी परेको
बेलामा बाहिर फेरो गर्नलाई ओढ्न छाता र
बेलुका सुत्दा ओढ्न सिरक पाएपछि बृद्ध बा–आमाहरु खुशी भएका छन् । सम्मान ग्रहण तथा
फाईबर सिरक, छाता लिदै अध्यक्ष विनोद ताम्रकार र सम्पुर्ण वडा परिवारलाई धन्यबाद दिएका
छन् ।
बृद्ध बा–आमा भनेका डाँडापारीका जुनघाम जस्तै हुन, यसपाली भेटभएका बृद्ध बा–आमा अर्काे साल भेट नहुन पनि सक्ने भएकाले संझना स्वरुप सम्मान गरिएको अध्यक्ष ताम्रकारले बताउनु भयो ।
सम्मान पाएपछि सामूहिक फोटो खिचाउदै बृद्ध बाआमाहरु