राजकुमार कार्की
भदौ १६ । लिखु गाउँपालिका स्थित सिमपानीका प्रेम बहादुर थापाको भान्साघरमा भएको आगोलागिले नगद सहित जलेर नष्ट भएको छ । वडा नं ७ सिमपानीका थापाको चुल्होमा बालेको आगो अचानक बाँसको टाटीमा सल्कन गई आगोलागि भएको हो । सोमबार बिहान करिब ११ः३० बजेको समयमा भएको आगोलागिले बाँसको टाटीको बेरा भएको जस्ताको छानो भएको भान्साघर जालेर नष्ट भएको छ । भान्साघरभित्र भएका अन्नपात, भाँडावर्तन, लत्ताकपडा र नगद १० हजार सहित जलेर नष्ट हुँदा करिब १ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
१६ भदौ २०८२, सोमबार ०७:४६ मा प्रकाशित
778