फागुन ६ ।
जिल्ला समन्वय समिति ओखलढुंगका प्रमुख टेकराज भट्टराइर्लले स्तरोन्नती सम्पन्न सडकको अनुगमन गर्नु भएको छ । भदौरेदेखि
रबुवा धुसेनी सम्मको स्तरोन्नती सम्पन्न सडक अनुगमन गर्नु भएको हो । सोमबार जिल्ला
समन्वय समितिका इन्जिनियर सहितको टोलीले अनुगमन गरिएको बताएका छन् । जिल्ला समन्वय
समितिको काम अनुगमन गर्ने भएको र सडक
निर्माण सम्बन्धि स्थानीयको गुनासो पनि आएकोले अनुगमन गरिएको प्रमुख टेकराज
भट्टराईले बताउनु भयो । गुनासो गरिएको ठाउँमा इन्जिनियर मार्फत नापेका छौ, त्यसको रिपोर्ट आएपछि
सार्वजनिक गर्नेछौ; ‘प्रमुख भट्टराईले भन्नभयो’
भदौरे देखि रबुवा धुसेनी सम्मको सडक स्तरोन्नतीको काम सुबोध र सिर्जनसिल निर्माण कम्पनीको जेभीमा गरिएको थियो । चिशंखुगढी गाउँपालिकाले कार्यान्वयन गर्ने गरी भ्याटसहित ७८ लाख ४७ हजार ६९६ रुपैया ३० पैसामा ठेक्का सम्झौता भएको थियो । २०८१ साल असार २६ गते ठेक्काको सम्झौता भएको र मंसिर ३० गते भित्र काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको, टाँस गरिएको सुचनापार्टीमा उल्लेख गरिएको छ ।