ओखलढुंगा २६, फागुन । जिल्लाको
लिखु गाउँपालिका वडा नं. ७ मा घरमा आगो लागी हुँदा दुइ वटा घर जलेर नष्ट भएका छन्
। गम्नाङटार स्थित गुरुङ गाउँमा अमर बहादुर गुरुङको घरमा शुक्रबार दिउसो आगो लागी
दुइ वटा घर जलेर नष्ट भएको हो । दिउसो चुलोमा बालेको आगो फुक्ने क्रममा अचानक आगो लागेको थियो ।
आगोलागि बाट कुनै मानविय क्षति नभएको बताएका छन् भने तिन वटा बाख्रा जलेर घट्नास्थलमै
मरेका छन् । स्थानीयबासी, प्रहरीको
सक्रियतामा आगो नियन्त्रणमा ल्याएका थिए । घर भित्र भएको नगद रु ३ लाख, ३ तोला सुन, लत्ताकपडा, भाँडावर्तन, खाद्यन्न, दुवै घरभित्र
रहेका सम्पुर्ण सामग्री जलेर नष्ट हुदा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी
कार्यालय ओखलढुंगाले जनाएको छ । समयमै आगो नियन्त्रण गर्न कठिन भएका कारण ठुलो
क्षति भएको लिखु गाउँपालिका अध्यक्ष अशोक कार्कीले जानकारी दिनु भयो ।