राजकुमार कार्की
ओखलढुंगा भदौ ३ । ट्राफिक प्रहरी कार्यालय
ओखलढुंगाले साउन महिनामा साँडे तीनलाख भन्दा बढी राजश्व संकलन गरेको छ । जिल्ला
भित्र तथा बाहिर सन्चालन हुने सवारीसाधन कार्बाहीबाट राजश्व संकलन गरेको हो ।
ट्राफिक नियम उलंघन गरी चलाउने सवारीचालकलाई गरिएको कार्बाहीबाट उक्त रकम संकलन
भएको हो । गत साउन महिनामा साना ठुला सबैखालका सवारी साधनको कार्बाहीबाट ३ लाख ६९
हजार ५ सय राजश्व संकलन भएको छ ।
जम्मा ४ सय ८५ वटा सवारीसाधन कार्बाही
भएकोमा सबै भन्दा बढी कारजीप १ सय ८४ वटा र सबै भन्दा कम ३ वटा अटोरिक्सा कार्बाहीमा परेका छन् । ट्रक ७३ वटा, टिफर ७ वटा, मोटरसाइकल १
सय ८३ वटा रिक्सा ३ वटा, बस १५ वटा, ट्रयाक्टर २० वटा र कारजीप १ सय ८४ वटा कार्बाही गरिएको ओखलढुंगा
ट्राफिक इन्चार्ज एवं स.ई प्रविण कार्कीले जानकारी दिनु भयो ।
सबै भन्दा बढी लापर्वाही तरिकाले सन्चालन
गरेवापत १ सय ३३ वटा सवारीसाधन कार्बाहीमा परेका छन् । जसबाट ८३ हजार ५ सय राजश्व
संकलन भएको छ । त्यसैगरी सवारीचालक अनुमती पत्र नभएकोलाई सवारी चलाउन दिएवापत ४३
वटा कार्बाहीमा परेका छन् । जसबाट ४३ हजार राजश्व संकलन भएको छ । अनुमति पत्र नलिई
सवारी साधन चलाएकोमा २२ वटालाई गरिएको कार्बाहीमा ३३ हजार राजश्व संकलन भएको छ ।
सिटक्षमता भन्दा बढी यात्री बोकेका २४ वटा सवारी साधनलाई गरिएको कार्बाहीमा २२
हजार ५ सय राजश्व संकलन भएको छ । बत्तिको अवस्था ठिक नभएका २४ वटा सवारीसाधनलाई गरिएको कार्बाहीमा १४ हजार राजश्व
संकलन भएको छ । स्वरुप परिवर्तन गरि सवारी चलाएको १ वटा, तिब्रगतिमा चलाएको २ वटा, हर्न निषेध गरिएको क्षेत्रमा हर्न बजाएकोमा १ वटा बिना रुटपरमीट
चलाएकोमा ७ वटा प्रयोजन विपरित चलाएकोमा १२ वटा, नम्बर प्लेट नभई चलाएको सवारीसाधन १७ वटा, कागजपत्र साथमा नभएको लगायतका ट्राफिक नियम उलंघन गरी सवारी
चलाएवापत कार्बाही गरिएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
जिल्लाको ओखलढुंगा सदरमुकाम, मानेभञ्ज्याङ्गको, मानेभञ्ज्याङ्ग, चम्पादेवीको घोरखोरी, मानेभञ्ज्याङ्गको, हर्कपुर गरी जम्मा ४ ठाउँमा ट्राफिक चेकजाँच गर्ने गरिएको
जिल्ला ट्राफिक इन्चार्ज कार्कीले जानकारी दिनुभयो । जिल्लाभित्र सन्चालन हुने र जिल्ला बाहिरका
विभिन्न ठाउँमा सन्चालन हुने सवारी साधनको चेकजाँचबाट राजश्व संकलन गर्ने गरिएको
कार्यालयले जानकारी दिएको छ । जिल्ला भित्र चेकजाँचलाई कडाई गरिएकाले सवारी
दुर्घटना न्युनीकरणमा सहयोग पुगेको स्थानिय यात्रीहरुले बताएका छन् ।