कुलमान हटाएकोमा सरकारको चौतर्फी आलोचना, गठबन्धन दलका नेता के भन्छन्


चैत १२ । विद्युतप्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोमा चौतर्फी ओलोचना भएको छ ।  सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो । सोइ बैठकले हितेन्द्र देव शाक्यलाई प्राधीकरणको कार्यकारी निर्देशका नियुक्त गर्ने निर्णय समेत गरेको छ । उर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको बताएका छन् ।

तर सत्ता गठबन्धनका शिर्ष नेताहरुले भने सरकारको यो निर्णयको भने आलोचना गरेका छन् । नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले आलोचना तथा विरोध जनाएका छन् । त्यसै गरी प्रमुख प्रतिपक्षी दलका नेता एवं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले पनि आलोचना तथा विरोध जनाएका हुन् । उहाँहरुले सामाजिक सन्जालमा यस्तो लेखेका छन्  


प्रतिक्रिया