प्रारम्भमा
चुनाैतीलाई पार लगाएर पनि उपलब्धि हातपार्न सकिनेछ। प्रतिस्पर्धीहरूका कमजाेरीबाट
लाभ उठाउन सकिनेछ। कर्मयोगले फाइदा दिलाउनेछ। प्रयत्न गर्दा अवसर हात पार्न
सकिनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित होला।
बुधवारदेखि स्थिति केही कमजोर रहन सक्छ। स्वास्थ्य समस्याले सताउनेछ। तापनि
प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ भने
सामाजिक कार्यमा समेत धन खर्च गरिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन
आउन सक्छ। मिहिनेत गर्दा नाम, दाम र
इनाम प्राप्त हुनेछ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
अध्ययनकाे लगावले व्यक्तित्व निखार्ने
अवसर प्राप्त हुनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको
दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। हिँडाइ र कामकाे व्यस्तताले थकान
महसुस हुनेछ। तापनि बुधवार र बिहीवार दिगो काम बन्नेछ। व्यापारका सन्दर्भमा रमाइलो
यात्रा गर्ने साइत जुर्न सक्छ। साथीभाइसँग रमाइलाे भेट हुनेछ। मित्रता र प्रेमको
बन्धन कसिने समय छ। सप्ताहान्तमा कर्मक्षेत्र र स्वास्थ्यमा केही समस्या आउला।
आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान
पुर्याउनुहोला। नयाँ काम नगर्नुहाेला।
प्रारम्भमा अरूलाई दिएको वचन पूरा गर्न
नसक्दा समस्या पर्नेछ। काम रोकिनुका साथै पारिवारिक समस्याले सताउन सक्छ।
परिस्थितिवश अध्ययनमा समय दिन नसकिएला। आफ्ना कमजाेरीबाट अरूले लाभ उठाउन सक्छन्।
आफ्नैले धाेका दिनेछन्, सजग रहनुहाेला। बुधवारदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काम
थालनी हुनेछ। अघिको संघर्षले पछिल्लो समय लाभदायी रहनेछ। प्रतिस्पर्धीहरू पराजित
हुनेछन् र स्वत: सहयोगीका रूपमा देखापर्नेछन्। रोग र शत्रुमाथि विजय प्राप्त गर्ने
समय छ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। यात्रा र किनमेलमा भने अधिक खर्च हुने
सम्भावना छ।
विभिन्न काम बन्नाले साता
उत्साहवर्द्धक रहनेछ। लक्ष्यअनुसार काममा राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापार र
उद्योगमा फाइदा हुनेछ। सहयोगीहरूले पनि उत्साह जगाउनेछन्। साेमवार र मंगलवार केही
घरायसी उल्झन आउन सक्छन्। साइनो–सञ्जालबाट भने टाढा रहँदा राम्रो हुनेछ। बेलामा होस नपुर्याउँदा
केही चुनौती आउन सक्छन्। बुधवारदेखि स्थितिमा सुधार आउनाले अध्ययनमा प्रगति हुनेछ।
देश–विदेशकाे यात्रा
गर्ने प्रक्रिया अघि बढ्नेछ। व्यवसायमा धेरै समय दिन नसकिए पनि प्राविधिक कामकाे
अनुभव बटुल्ने समय छ। केही खर्च लागे पनि मालमत्ता जुटाउने समय छ।
प्रारम्भमा मनग्य फाइदा हुनेछ। बोलीको
माध्यमले विशेष काम सम्पादन हुनेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। पहिलेको
कर्मफल प्राप्त हुने समय छ। साेमवारदेखि काममा केही व्यवधान हुनेछ। आफ्ना कामबाट
अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। सहयाेगीहरू प्रतिस्पर्धीसँग नजिकिन सक्छन्।
परिवारमा सल्लाह नमिल्दा आँटेकाे काम राेकिन सक्छ। तापनि सप्ताहान्तमा स्थिति
अनुकूल बन्नेछ र चुनौतीलाई अवसरमा बदल्न सकिनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ।
रोकिएका काम बन्नेछन् र पेसा–व्यवसायमा राम्राे फाइदा हुनेछ। आँट गर्दा दैनिकीले उचाइको बाटो
समाउनेछ।
विभिन्न अवसर प्राप्त हुनेछन् भने
आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्।
सानो प्रयत्नले ठूलो काम बन्नेछ। सोमवार र मंगलवार भने वादविवादबाट अलि सावधान रहनुहोला।
धेरै बोल्ने बानीले गोपनीयता बाहिरिन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा
उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहाेला। बुधवारदेखि मित्रहरूको सहयोग जुट्नाले
महत्त्वपूर्ण काम बन्नेछ। शुभचिन्तकहरूको सञ्जाल फराकिलो हुनुका साथै बहुमूल्य
वस्तुहरू संकलन गर्न सफल भइनेछ। सप्ताहान्तमा घरका समस्या सुल्झाउन समय दिनुपर्ला।
काम राेकिन सक्छ।
प्रारम्भमा आकस्मिक खर्च बढ्नेछ भने
समस्या टार्न कर्जा लिनुपर्ने हुन सक्छ। खर्चिलाे काम थाल्नाले बीचमा समस्या पर्न
सक्छ। साेमवार र मंगलवार पेटकाे समस्याले स्वास्थ्य कमजाेर रहला। भेटघाटले
अलमल्याउने हुँदा नियमित काममा बाधा पर्नेछ। पेसा–व्यवसायमा धेरै समय जुट्न नसकिएला।
बुधवारदेखि स्थितिमा सुधार आउनाले कामका लागि वातावरण बन्नेछ। सहयोगीहरूले साथ
दिनेछन् । व्यापार बढ्नेछ र नयाँ काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सहयोगले
हौसला प्रदान गर्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। समस्या दर्साउँदा
काममा साथ र सहयाेग पाइनेछ।
प्रारम्भमा काम बन्नाले मनग्य लाभ
हुनेछ। साथीभाइले पनि राम्रै सहयाेग जुटाउनेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर
आम्दानीकाे आसमा खर्चिलाे काम थाल्नाले साेमवार र मंगलवार समस्या पर्न सक्छ। अभाव
टार्न सापट वा कर्जा लिनुपर्ने हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न
गर्नुपर्ला। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। आफन्तको सहयोग जुट्नाले मनमा आनन्द
मिल्नेछ। नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ। सामाजिक कामको यश लिने अवसर
प्राप्त हुनेछ। सप्ताहान्तमा केही व्यवधान देखापर्नेछन्। वादविवादमा अघि
नसर्नुहोला। आफ्नै कमजाेरीले खर्च बढाउनेछ।
विशेष काम साताकाे प्रारम्भमा गर्दा
फाइदा हुनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित बनाउनेछ। व्यापार र नोकरीमा दिगो
फाइदा हुने काम गर्ने मौका छ। लगनशीलताले कीर्तिमानी दिलाउनेछ। सोमबारदेखि मनग्य
आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन
सकिनेछ। तर पछिका लागि खर्च गर्नुपर्ने हुँदा धन सञ्चयमा बाधा पुग्नेछ। अर्थ
अभावले सताउन सक्छ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सञ्चित कर्मफलमा
अरूले दाबी गर्नेछन्। सप्ताहान्तमा आफन्तसँग भेटघाट हुनाले आत्मबल बढ्नेछ।
स्वास्थ्यका लागि खानपानमा भने सजग रहनुहाेला।
सुरुमा केही चुनाैतीसँग जुध्नुपर्ला।
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सहयाेगीहरूसँग
सम्बन्ध बिग्रनाले काममा पनि त्यसकाे प्रभाव पर्न सक्छ। आफ्नैले दुःख दिनेछन्, सजग रहनुहाेला।
पेसा–व्यवसायमा पनि
केही उल्झन आउन सक्छन्। एउटै काम बनाउन धेरैपटक प्रयत्न गर्नुपर्ला। बुधवारदेखि
स्थितिमा सुधार आउनेछ र आँटले काम लिन सकिनेछ। दिगो आम्दानी हुने कामसमेत सुरु गर्ने
मौका छ। आयस्रोत थपिनेछ। व्यापार बढ्नाले लाभांश पनि बढ्नेछ। सप्ताहान्तमा भने
आकस्मिक खर्च बढ्नेछ। सानाे अवसरका लागि केही दौडधुप समेत गर्नुपर्ला।
स्वास्थ्य कमजोर हुनाले प्रारम्भमा
केही समस्या देखापर्नेछन्। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। आफ्नै सक्रियताले
केही सामाजिक काम भने बन्नेछन्। मिहिनेतीहरूलाई भाग्यले साथ दिनेछ। बुधवारदेखि
नयाँ काम थालनी हुनेछ। राेकिएकाे काम बन्नेछ र कर्मयोगले उचाइमा पुर्याउनेछ।
कीर्तिमानी कामको यश पनि प्राप्त हुनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ।
लगनशीलताले लक्ष्यमा पुर्याउनेछ भने सम्मानित स्थान प्राप्त हुनेछ। कामले दाम, इनाम र पुरस्कार
दिलाउन सक्छ। सप्ताहान्तमा भने केही विवादास्पद कामले आम्दानी राेकिन सक्छ। आफ्ना
कमजाेरीबाट अरूले लाभ उठाउनेछन्।
प्रियभेटले साताको प्रारम्भ रमाइलो
रहनेछ। आतिथ्य खर्चिलाे रहे पनि विशेष उपहार पाइनेछ। साेमवारदेखि दैनिकी केही
उतारचढावमय रहने देखिन्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। काम गर्दा
समेत जस नपाइनाले मन खिन्न रहनेछ। स्वास्थ्य कमजोर रहनाले काममा पनि पछि परिनेछ।
बुधवारदेखि स्थिति अनुकूल बन्नाले लाभ हुनेछ। कर्मयोगले नयाँ मार्ग अवलम्बन गर्नेछ
र भाग्यले साथ दिनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। मिहिनेतले सफलताको
सूत्र पत्ता लगाउन सकिनेछ। काम गरेरै नाम, दाम र इनाम हासिल गर्न सकिनेछ।
कीर्तिमानी कामको यश प्राप्त हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ
रहोस् ।