वडाअध्यक्षद्वारा बृद्ध महिलाहरुलाई कपडासेट वितरण


झगनखबर

माघ ९ । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ११ का वडाअध्यक्ष बिनोद ताम्रकारले बृद्ध महिलाहरुलाई कपडा सेट वितरण गर्नुभएको छ । आफ्नो वडाक्षेत्रभित्रका बृद्ध महिला तथा अपाँग भएका नागरिकलाई कपडा सेट वितरण गर्नु भएको हो । वडाअध्यक्षको सेवासुविधा बापतको रकमबाट कपडा सेट वितरण गरेको अध्यक्ष ताम्रकारले बताउनु भयो । वडा क्षेत्रभित्रका ७० वर्ष उमेर पुगेका आयस्तर कमजोर भएका २० जना बृद्ध महिलाहरुलाइ वितरण गरिएको थियो । प्रत्येक महिलालाई १ थान ओढ्ने, १ थान चौबन्दी चोलोको कपडा र १ थान लुङ्गी बितरण गर्नुभएको वडा कार्यालयले जनाएको छ । कपडा वितरण गर्दै वडाअध्यक्ष ताम्रकारले आफु राजनीति गर्न नभई समाजसेवा गर्न  वडाअध्यक्ष भएकाले आफुले पाउने सेवासुविधाबाट वडाकै नागरिकलाई सहयोग गर्ने बताउनु भयो । पारिवारिक रुपमा समस्या भएमा तत्काल आफुलाई फोन गर्न अनुरोध गर्दै समस्याको निराकरणका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने बताउनु भयो । लाउन खानानै समस्या भएका नागरिकलाई खाद्यन्न, लत्ताकपडा पनि वितरण गर्दै आएको बताउनु भयो । केहि समय अगाडी बालमन्दिरका विद्यार्थीहरुलाई ड्रेस पनि वितरण गर्नुभएको थियो । अबका दिनमा पनि आफुले पाउने सेवासुविधा आफुले प्रयोग नगर्ने र समाज सेवामै लगाउने बताउनु भयो । कपडा पाएपछि बृद्ध महिलाहरु खुशी हुँदै वडाअध्यक्षलाई धन्यबाद दिएका छन् ।

 

प्रतिक्रिया