आमा गुरुङ भएकै कारण महेन्द्रका जेठा छोरा रबिन्द्र शाहलाई राजा बनाइएन : मन्त्री राई


राजकुमार कार्की

 बैशाख  । आमा गुरुङ भएकै कारण राजा महेन्द्रका जेठो छोरा भएर पनि रबिन्द्र शाहलाई राजा नबनाएको मन्त्री राईले बताउनु भएको छ । नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले रुम्जाटारकी गुरुङ आमाबाट जन्मीएका महेन्द्रका जेठा छोरा रबिन्द्र शाहलाई गुरुङ आमाबाट जन्म भएकै कारण राजा नबनाएको बताउनु भएको हो । आदिबासी जनजाति युवा महासंघको संघीय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले जनजाति आमाबाट जन्मिएका रबिन्द्र शाहलाई राजा नवनाई माईलो सन्तानको रुपमा जन्मिएका विरेन्द्र शाहलाई राजा बनाएको आरोप लगाउनु भयो । राजाको जेठो सन्तानको रुपमा जन्मिएको छोरो जस्तोसुकै क्षमताविहिन भएपनि राजा बनाउने चलन थियो । तर रबिन्द्र शाह महेन्द्रको जेठो छोरो भएपनि आमा गुरुङ भएकै कारण राजा नबनाएको आरोप लगाउनु भयो ।

राजाको देहवसान पछि रानीले राजकाज चलाउन पाउदैन थिइन, रानीलाई  राजकाज सम्बन्धी कुनै काममा लगाइदैनथियो । यसबाट के थाहा हुन्छ भने राजाको शासनमा महिलाहरुलाई कति अपमान गरिन्थ्यो भन्ने कुरा यहाँ बाट प्रष्ट हुन्छ;  ‘उहाले भन्नुभयो । 

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो; जनजातिले जन्माएको सन्तान, जनजातिको भान्जा रबिन्द्र शाहलाई राजा बनाउन नहुने, राजसंस्था फर्काउनु पर्छ भन्ने आन्दोलनको नेतृत्व जगमान गुरुङले लिनु भएको छ रे ! उहाँलाई देशैभरीका गुरुङले प्रश्न गर्नेछन्, मैले पनि यहाँबाट सोध्न चाहन्छु । जगमान जी, तपाँइका भान्जो रबिन्द्र शाह राजा किन भएनन् ? आज राजा ल्याउने आन्दोलनको नेतृत्व गरिरहनु भएको छ ? आजको महिलाले आदिवासी जनजातिले राजा स्वीकार्दैनन् । लोकतन्त्रको विकल्पमा राजतन्त्र कदापी हुन सक्दैन ।

प्रतिक्रिया