घाँस काट्न गएकी महिला मृत फेला


झगनखबर

साउन ३२ । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं १ मा घाँस काट्न गएकी महिला मृतअवस्थामा फेला परेकी छन् । चम्पादेवी १ पलापु डान्सीङटारकी अन्दाजी वर्ष ३० की संगिता थापा मगर मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मगरको लडेर मृत्यु भएको हो । साउन ३१ गते बुधबार दिउँसो करिब २ बजे तिर घरबाट घाँस काट्न गएकी संगिता राती अबेर सम्म पनि घर नफर्के पछि परिवारले खोजतलास गर्दा मृतअवस्थमा फेला परेको बताएका छन् । पलापु १ मै रहेको सखारी पाखामा घाँस काट्ने क्रममा लडेर करिब २ सय ५० मिटर भन्दा तल खसी घट्नास्थलमै मृत्यु भएको हो । मृतअवस्थमा लास फेला पारेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी पलापुबाट प्रहरी सहायक निरिक्षकको टोली घट्नास्थलमा पुगी, घट्नास्थल सुरक्षित राखिएको जनाएका छन् । थप कानुनी प्रकृयाका लागि ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरिक्षकको टोली घट्नास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया