बैशाख २४ । सिद्धिचरण
नगरपालिका–६ स्थित जन्तरखानीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजना तथा सन्चार विकास प्रतिष्ठानको सहजीकरणमा बुधबार सार्वजनिक
सुनुवाई सम्पन्न भएको हो । सिद्धिचरण नगरपालिका तथा वडा कार्यालय र विषयगत
शाखाद्वारा आर्थीक वर्ष ०८१।०८२ मा भए गरेका विकास निर्माणको प्रभावकारीता एवं
सार्वजनिक सेवा प्रवाहको विषयमा सवालजबाफ भएको थियो । नागरिकको सवालमा जवाफदेही
वक्ताले तत्काल जवाफ दिएका थिए ।
वडा कार्यालय भवनको
प्राङगणमा भएको कार्यक्रममा सय जना भन्दा बढी जन्तरखानी बासी सेवाग्राहिको
उपस्थिती रहेको थियो । नगरप्रमुख तेजेन्द्र खनाल, उपप्रमुख केदारबाबु
बस्नेत,
प्रमुख प्रशासकीय
अधिकृत किसन न्यौपाने, वडाअध्यक्ष मेख बहादुर मगर, वडा सचिव नगरपालिकास्थित विषयगत शाखाका
प्रमुखहरु जवाफदेही वक्ताको रुपमा रहनुभएको वडा सचिव सविन राईले जानकारी दिनुभयो ।
कार्यक्रममा सेवाग्राहीले विकास निर्माण तथा नीतिनिर्माणको विषयमा प्रश्न गरेका
थिए भने जवाफदेही वक्ताले त्यसको सहज जवाफ दिएका थिए ।
स्थानीय सरकारले
सन्चालन गरेका योजना तथा वितरण गरेका सेवासुविधा जनपक्षीय भएकी भएनन्, नागरिकहरु स्थानीय
सरकारको काम प्रति सन्तुष्ट छन कि छैनन् भन्ने जानकारी पाउन सार्वजनिक सुनुवाईको आयोजना गरिएको नगर प्रमुख
तेजन खनाल (तेजेन्द्र) ले जानकारी दिनुभयो । साथै जन्तरखानीका स्थानीय नागरिकले
दिगो विकास र सुशासनका लागि देखाएको
जागरुक्ता देखेर आफुलाई धेरै खुशी लागेको समेत बताउनु भयो ।
उठेका सवालका विषयमा
नागरिकलाई प्रष्ट र सन्तुष्ट हुनेगरी जवाफ दिदै विभिन्न विषयमा ४ वटा प्रतिबद्धता
गर्दै सार्वजनिक सुनुवाई सम्पन्न भएको जानकारी दिएका छन् ।