बैशाख ४ । ब्यावसायिक तथा सिपविकास तालिम
केन्द्र ओखलढुंगाले माथील्लो सगरमाथाका तीन जिल्लाका युवाहरुलाई स्वरोजगार तालिमको आयोजना गर्दै आएको छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्ग जिल्लाका युवाहरुलाई
स्वारोजगार तालिमको आयोजना गर्दै आएको हो । देश पुनःसंरचनामा जानु भन्दा अगाडी
ओखलढुंगा जिल्लामा मात्र काम गर्ने गरी स्थापना भएको तालिम केन्द्र पुनःसंरचना
पश्चात तीन जिल्ला हेर्ने गरी स्थापना भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश अन्तर्गत रहेर आफ्ना गतिविधीहरु सन्चालन गर्दै आईरहेको छ । आफ्नो कार्यक्षेत्र भित्रका
बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउनको लागि विभिन्न खालका सिपमुलक तालिमको आयोजना
गर्दै आएको छ । लामो अवधीको तालिम र छोटो आवधीको तालिम गरी दुई खालका तालिम
सन्चालन गर्ने गरेको भविन्द्र कुमार
खत्रीले जानकारी दिनु भयो ।
मागका आधारमा जुनसुकै
ठाउँमा गएर पनि तालिमको ब्यवस्था गर्ने गरेको खत्रीले बताउनु भयो । गैर नाफामुलक
संस्था र नाफामुलक संस्थासँगको समन्वयमा तालिम सन्चालन हुदै आएको छ । तीन
महिनाको लामो अवधीको तालिम गैरनाफामुलक
संस्था सँगको समन्वयमा गर्ने गरेको र छोटो अवधी (एक हप्ता देखी ६ हप्ता सम्म) का
तालिमहरु नाफामुलक संस्था सँगको समन्वयमा सन्चालन हुने गरेको छ । संस्थाहरुलाई
प्रतिस्पर्धाबाट सुचिकृत भएका संस्थाहरुलाई तालिम सन्चालन गर्न दिइने गरेको बताएका
छन् ।
कार्यालयले गरेको प्रस्ताव आव्हानमा इन्छुक
संस्थाले भरेको माग फारमको आधारमा संस्था छनौट गरी तालिम सन्चालन गर्ने गरेको
बताएका छन् । छोटो अवधीको तालिममा स्वरोजगार तथा बैदेशीक रोजगारको लागि सहयोग
पुग्ने तालिम दिदै आएको छ । छोटो अवधीको तालिममा कम्प्युटर डिप्लोमा, मुढा बनाउने, स्यानिटरी प्याड
बनाउने,
च्याउखेती, कुक, सरफ बनाउने, बेकरी, वेटर, मौरीपालन लगायतका
तालिम सन्चालनमा छन् । त्यसै गरी लामो अवधीको तालिम (तीन महिना) आधारभूत कम्प्युटर
तालिम,
कटाई सिलाई, सिकर्मी, मोबाईल मर्मत, विद्युत जडान, केश श्रृंगार, ढाका बुनाई लगायतका
तालिमहरु दिने गरिएको छ ।
तालिम पश्चात
युवाहरुले ब्यावसाय सन्चालन गरी राम्रो
आम्दानी गर्ने गरेको कार्यालयले बताएको छ । मोबाईल मर्मत, कटाई सिलाई विद्युत
जडान,
ढाका बुनाई तालिम लिएका
युवाहरुले स्वरोजगार भएको बताएका छन् । बैदेशीक रोजगारीमा जाने युवाहरुले पनि सिप
सिकेर जाँदा काम गर्न सजिलो हुने बताएका छन् । थोरै लगानीमा सन्चालन गर्न सकिने
कटाई सिलाई तालिम पश्चात धेरै महिलाहरुले व्यावसाय शुरु गरेको प्रशिक्षक कोपीला
श्रेष्ठले बताउनु भयो ।
लामो अवधीको तालिममा
सहभागी हुनेहरुलाई दैनिक खाजाभत्ताको रुपमा करसहित ५० रुपैयाँ दिने व्यवस्था रहेको
छ । त्यसै गरी छोटो अवधीको तालिम सन्चालन गर्दा संस्था सँगको सम्झौताका आधारमा
तालिम सम्पन्न पश्चात एकमुष्ट रकम संस्थाको खातामा दिने गरेको बताएका छन् । यो
आर्थीक वर्षमा नियमित तीन सय १५ जना र छोटो अवधीको तीन सय ६० गरी जम्मा ६ सय ७५
जना कोटाको तालिम रहेको कम्प्युटर अपरेटर लुकहरी वाँस्तोलाले बताउनु भयो । जिल्लाका दुरदराजका गाउँहरुमा पनि तालिम सन्चालन भईहेको कार्यालयले जनाएको छ
।