चैत २१ । चिसंखुगढी
गाउँपालिका वडा नं ८ स्थित भालुखोप सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत भई
ब्यक्तिको घर जल्दा ४ लाख बराबरको क्षति भएको छ । चिसंखुगढी गाउँपालिका वडा नं ८
माम्खा निवासी सबिन राईको घर जलेर नष्ट भएको हो । ढुंगामाटोले बनेको खरको छानो
भएको एक तले घर जलेर नष्ट हुँदा घरभित्र भएका लत्ताकपडा, अन्नपात, भाँडावर्तन सबै जलेर
नष्ट हुँदा ४ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगोलागी हुँदा
मानवीय र पशुचौपयामा भने कुनै क्षति नभएको
प्रहरीले जनाएको छ ।
चैत १९ गते दिउसो
करिब २ बजेदेखि लागेको आगो अनियन्त्रीत भई सिद्धिचरण नगरपालिका ४ स्थित चार्खुमा
रेवती दाहालको निजी वनमा लागेको थियो । उक्त निजी वनमा लागेको अगो नियन्त्रण गर्न
प्रहरी सहित स्थानीय बासीको सहभागीतमा लागिरहेको अवस्थामा भालुखोप सामुदायिक वनमा
लागेको आगो अनियन्त्रीत भई सबिन राईको घरमा आगो लागेको जिल्ला प्रहरी कार्यलय
ओखलढुंगाले जनाकारी दिएको छ ।