यो सातामा बुद्धिको उपयोग
गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुने योग छ । आफ्नै दक्षतामा विभिन्न
कार्यहरू सम्पन्न हुनेछन् । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
बन्धु बान्धव बाट सहयोग पनि मिल्ला । साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ
। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग खैरो वा आकाशे रङ्ग हो । कुनै शुभकर्म गर्नु
पूर्व भैरवजीको स्मरण गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
साताको सुरुमा दैनिक कामकाजमा
असर पर्नसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ काम बिगार्नेको सक्रियता रहनेछ
। सोमबारबाट चिताएको कामले तीव्रता लिनेछ । समाजसेवामा मन लाग्नेछ । लामो समय देखि
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पर्पल वा गुलाबी
हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको
कार्यबाट सफलता अधिक मिल्नेछ ।
यो साता सम्पत्ति लाभ गर्न अनुकूल प्रयास
हुनेछन् । आफन्तबाट सहयोग मिल्ने देखिन्छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि
पनि श्रेष्ठ समय रहेको छ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध
ल्याउनेछन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा निलो हो । शुभकर्म
गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
यो साता चिताएको कामले तीव्रता
लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभ समाचार सुन्न पाइएला ।
राजनैतिक र सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनसक्छ ।
यो धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शैक्षिक क्षेत्र पनि राम्रै रहनेछ ।
साताका लागि शुभ अङ्क १,४ र शुभ
रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि
आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता साथीभाइ र आफन्तबाट सहयोग प्राप्त
हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यवसाय बढाउने वा नवीन रोजगारीको
योजना बन्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । बुधबारबाट दैनिकी कार्यमा भने
समस्या र अवरोध आउनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ
अङ्क ४,५ र शुभ रङ्ग पर्पल
वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो सातामा नगद सापटी लिएका आफन्तहरूले वचन
पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । गरेको काममा उल्टो परिणाम आइनपर्ला ।
मध्य साताबाट लामो समयदेखि रोकिएको कामबाट राम्रो रहला । रोकिएका अधुरा कामहरू
पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सिन्दुरे वा कालो हो । कुनै
शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता
मिल्नेछ ।
यो साता रोकिएका काम पुनः सुरु
हुन सक्छन् । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । राजनैतिक कार्यमा सफलता
मिल्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै
दाम्पत्य सुखमा रमाउने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । यो
साताका लागि शुभ अङ्क २,७ र शुभ
रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि
कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
यो सातामा सानो प्रयत्नले ठूलो
काम सम्पादन हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ
। विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ । नजिकको मित्रसँग भेटघाट
हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा गुलाबी हो
। कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ
।
यो सातमा दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक
विचारलाई समर्थन गर्नेछन् । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् ।
शुभकार्यको चर्चा चल्नेछ, तर
स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । प्रेम जीवनमा भने लचकता पनि अपनाउनु
पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग खैरो वा पहेँलो हो
। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
यो साता मध्यम नै रहने छ, साताको सुरुका दिनमा
मनमा निराशा र शरीरमा आलस्य आउला र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । मध्य
साताबाट भने प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको योजना र चर्चा
चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग खरानी
हो । शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ
।
यो साता रमाइलो यात्राको
सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व
जमाउन सकिनेछ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति
र बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग ध्वाँसे वा सेतो
हो । कुनै शुभकर्म गर्नु पूर्व वा कार्य गर्नु अघि विष्णु भगवानको स्मरण गरि कार्य
आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साताको सुरुका दिनमा लामो समयदेखि
रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्यको योजना बन्नेछ । व्यापार व्यवसायमा
सफलता पाइनेछ । शुभारम्भको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियमको अनुशासनलाई
बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग निलो
वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।