सिद्धिचरण नगरापालिकाको ११औ नगरसभा सम्पन्न


पुस २४, ओखलढुंगा । ओखलपढुंगा जिल्लामा रहेको एकमात्र नगरपालिका, सिद्धिचरण नगरपालिकाको ११औ नगरसभा सम्पन्न भएको छ । आज (आइतबार) वार्षिक समिक्षा प्रतिबेदनउपर छलफल गर्दै सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) ले चालु आर्थीक वर्षको वार्षिक समिक्षाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यसै गरी प्रस्तावित कार्यक्रम तथा बजेट र  चालु आर्थीक वर्षमा स्वीकृत भएका  कार्यक्रमहरुको संशोधित विवरण  नगरउपप्रमुख केदार बाबु बस्नेतले प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरसभा सदस्य लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया