झगनखर
भदौ २७ । संविधानसभा अध्यक्ष एवं वर्तमान प्रतिनिधी सभा सदस्य सुवासचन्द्र नेम्वाङको अन्त्यष्टीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । भदौ २८ गते बिहिबार अन्तिम दाहसंस्कार गरिने र उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेपालको संविधान २०७२ निर्माण तथा जारी गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको थियो । २६ गते बसेको मन्त्रीपरिषदको बैठकले नेम्वाङको निधनमा अन्तिम सम्मानको ब्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक विदा दिने र उक्त दिन नेपाल भरका सरकारी कार्यालयहरु, बिदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष नेम्वाङको ह्रृदयघातका कारण २६ गते विहान निधन भएको थियो ।

२७ भदौ २०८०, बुधबार ०७:२८ मा प्रकाशित
550