सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, भूकम्पको धक्का काठमाडौँसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ । यद्यपि, अहिलेसम्म भौतिक र मानवीय क्षतिको कुनै रिपोर्ट प्राप्त भइसकेको छैन। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले शक्तिशाली भूकम्प गएपनि अहिलेसम्म क्षतिको कुनै विवरण नभएको बताएका छन्।

प्रतिक्रिया