झगनखबर
असोज ३० । मोटरसाइकल दुर्घटनामा एक जना
गम्भिर घाईते भएका छन् । ३० गते मंगलबार विहान करिब ४ः३० बजेको समयमा दुर्घटना
भएको हो । रामबजार बाट मिलनचोक तर्फ जाँदै गरेको प्र १-०२-०४० प ४३३४ नं को
मोटरसाइकल खुश्बु पेट्रोल पम्प नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा परी चालक सिद्धिचरण नगरपालिका वडा
नं ११, मिलनचोक बस्ने जीत बहादुर राईको छोरा
अन्दाजी वर्ष ३० को अरुण राई गम्भिर घाइते भएका हुन् । राईको टाउको र दुवै हातमा
चोट लागेको छ । घाइते राईको सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार भईरहेको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अवस्था गम्भिर भएकाले थप उपचारको लागी
हेलीकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी भईरहेको परिवार श्रोतले जानकारी दिएका
छन् ।
३० असोज २०८०, मङ्गलबार १२:३७ मा प्रकाशित
420