झगनखबर
असोज १० । ओखलढुंगा
जिल्लाको मोलुङ्ग गाँउपालिकामा लैंगिक समानताका लागी विवाहीत दम्पती ( जोडी सत्र)
कार्यक्रम सम्पन्न भएको छ । मोलुङ्ग गाँउपालिका वडा नं १ स्थित कुन्तादेवीमा
सन्चालीत ३५ दिने जोडी सत्र कार्यक्रम सम्पन्न भएको हो ।
युएन एफपिएको आर्थीक सहयोगत तथा भिएसओ र कोकनको आयोजनामा भदौ ४ गते देखि कार्यक्रम सन्चालन भएको थियो । समापन कार्यक्रममा पालिका प्रमुख उत्तम राई, उपप्रमुख उर्मिला खतिवडा, कार्यबाहक वडा अध्यक्ष निरा तामाङ्ग, युएन एफपिए संयोजक रेखा श्रेष्ठ कोकन फिल्ड संयोजक भलामान बि.क लगायत सहभागीहरुको सहभागिता रहेको थियो ।
कुन्तादेवीमा सन्चालन
भएको जोडी सत्र (विवाहित दम्पति) कार्यक्रममा बुङ्गनाम र मिलनचोकका दुई समुहमा २०
देखि ३५ वर्ष उमेर समुहका ४२ विवाहित दम्पतीको सहभागीता रहेको थियो । ३५ दिन सम्म
सन्चालीत तालीमको सहजीकरण कोकन तर्फबाट मिन कटुवाल र टंकमाया नेपालले गर्नु भएको
थियो । १० गते बुधबार भएको समापन कार्यक्रममा बोल्दै अध्यक्ष राईले, तालीममा सिकेको
सिपलाई ब्यवहारमा लागु गरी समाज परिवर्तनमा लाग्न सहभागीलाई अनुरोध गर्नु भयो ।
लैंगिक हिँसा न्युनीकरण गर्न गाउँपालिका तत्पर रहेको समेत बताउनु भयो ।
समाजमा रहेको
परम्परागत सोच, हानी कारक मुल्यमान्यतालाई
सकारात्मक रुपमा विस्तारै परिवर्तन गर्नु पर्ने र हाल हिंसाको स्वरुपमा
परिवर्तन हुदै आएको उपाध्यक्ष खतिवडाले बताउनु भयो । उहाँले, हिँसा न्युनीकरण गर्न
सकिने तर रोक्न नसकिने पनि बताउनु भयो ।
जोडी सत्रकार्यक्रमा
विशेष गरी विश्वास र गोपनियता, शारिरीक हाउभाउ, लैंगिकता र सामाजिक
समावेशीकरण, लैगिक हिंसा, विवाहका आशा र
अपेक्षा,
दरिलो सम्बन्ध, सम्बन्धमा खुशी र
बेखुशी लगायत स्वास्थ्य अन्र्तगत यौन तथा
प्रजनन स्वास्थ्य, बांझोपना, परिवार नियोजन, गर्भवस्थामा हेरचाह, बालबिवाह तथा संचार सिप सम्बन्धमा छलफल गरिएको थियो
। समुदायमा बाँझोपना हुनुमा महिलालाई
मात्रै दोष दिने प्रचलन रहेको थियो । तर तालिम पश्चात बाँझोपना, महिला र पुरुष दुवैमा
हुने र छोरी–छोरी हुनुमा पुरुषको शुक्रकिटमा भएको क्रोमोजोममा भर पर्ने रहेछ भन्ने
महत्वपुर्ण कुराको ज्ञान भएको सहभागी अर्जुन बाँनियाले बताउनु भयो ।
लैगिक हिंसा
न्युनीकरणको लागि यो समुदायस्तरको कार्यक्रम अतिआवश्यक रहेछ, कार्यक्रममा भाग
लिएपछि महशुस भएको भोला वाग्लेले बताउनु भयो । कतिपय अवस्थामा आफुबाट पनि गल्ती
भएको रहेछ, अबका दिनमा यस्ता खालका गल्ती आफुबाट कहिल्यै नहुने प्रतिबद्धता समेत
जनाउनुभयो ।