बागलुङमा शेरबहादुरले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास


माघ १८, बागलुङ । बागलुङ जिल्लामा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए ।  आगो लगाएको  छिमेकीले देखेर  जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।  जिसीको धौलागिरी अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गरिएको प्रहरी प्रवक्ता गंगाबहादुर थापाले जानकारी दिनुभयो ।। उनको शरीर तथा अनुहार लगायत विभिन्न अंग जलेकोले अवस्था गम्भीर रहेको छ । आत्मदाहको कारण भने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया