कांग्रेसले होस गुमाउदा सरकार बाट बाहिरियो


१० पुष, काठमाण्डौ । गत मंसिर ४ को चुनावमा सबैभन्दा ठुलो दल भएको नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल भएको छ । सत्तासमिकरणका लागि भनेर नेकपा माओबादी सहित ५ दलिय गठबन्धन बनाएर चुनावमा गएको थियो । नेपाली काँग्रेस ८९ सिट सहित पहिलो दल भएको थियो । नेकपा एमाले ७८ सिट सहित दोश्रो दल बनेको थियो भने माओबादीले ३२ सिट ल्याएको थियो । कुनै पनि गठबन्धनले सरकार सन्चालन गर्न आवश्यक (सिट) बहुमत ल्याएका थिएनन् । नेपाली काँग्रेस लगायत चुनावमा गठबन्धनका रुपमा गएका दलहरु मिलेर सरकार सन्चालन गर्ने सहमति भएको नेताहरुले बताउदै आएका थिए । चुनाव सम्पन्न भएपछि सरकार सन्चालन गर्न केहि पद विभाजनमा सहमति नहुदा नेकपा माओबादी, नेपाली काँग्रेस सँगको गठबन्धन तोडेर नेकपा एमाले सँग मिलेर प्रचण्ड  प्रधान मन्त्रि बनेका छन् । नेकपा माओबादी नेकपा एमाले लगायतका दलहरु मिलेर सरकार गठन गरेपछि नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी भएको छ । नेपाली काँग्रेस संघ देखि कुनै पनि प्रदेशमा सरकार बनाउन सक्ने हैसियतमा छैन । सबै भन्दा ठुलो दल बनाएर सरकार सन्चालनको लागी जनताले अधिकार दिएर पठाएको कांगेस, आन्तरिक किचलो र सत्तासमिकरणको भागबण्डा मिलाउन नसक्दा हातमा आएको सरकार गुमाउन पुगेको छ । पार्टी सभापति शेर बहादुर देउवाले होस नगर्दा यस्तो अवस्था आएको नेपाली काँग्रेसका नेताहरु बताउछन् । चुनाव अगाडी सरकार सन्चालन ५ दलिय गठबन्धन सँगै हुने भनिए पनि कुन पद कसलाई भनेर गरिएको सहमति भने जनतालाई प्रष्ट भनिएको थिएन । चुनावमा सँगै रहेको माओबादी सँग सत्ता समिकरणका विषयमा लामो छलफल गरे पनि भागबण्डा मिलाउन सकेनन् । केपी ओली पश्चगमन भएको र ओलीको सहकार्यमा देशमा केहि गर्न नसकिने भन्दै कांग्रेस संग गठबन्धन गर्न आइपुगेका प्रचण्ड फेरी ओलीकै समर्थनमा प्रधानमन्त्रि नियुक्त भएका छन् ।https://www.jhagankhabar.com/news/0sQ56e-2022-12-25-070536

प्रतिनिधसभा  निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

 

 

प्रतिक्रिया